नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २७–विद्युत विस्तारमा अनियमितता भएको भन्दै कारबाहीको माग गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीयले विभिन्न ठाउ“मा ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायतमा साउन २६ गते ज्ञापन बुझाएका हुन् ।
उक्त वडामा विपन्नहरुले निशुल्क पाउने मिटरबक्समा स्थानीय विद्युत उपभोक्ता समितिको नामबाट रकम असुलेको भन्दै नेकपा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीले ज्ञापन बुझाइएको स्थानीय हर्कराज राईले बताए । उनका अनुसार गत आर्थिक वर्ष ७३ र यो आर्थिक वर्ष ४२ विपन्न घरधुरीले पाउने मिटरबक्स वापत उनीहरुबाट सात सय ५० रुपैया“देखि दुई हजार रुपैया“सम्म गैरकानुनी रुपमा बनाइएको विद्युत उपभोक्ता समितिले लिएकाले कारबाही गर्नु पर्ने भन्दै उजुरी दिइएको राईले सुनाए ।
राईले वडा कार्यालयले सम्पन्नलाई समेत विपन्न भनेर सिफारिस गरेको समेत बताए । ‘स्थानीय केमल राईको नेतृत्वमा बनेको उपभोक्ता समितिले विपन्नहरुबाट अवैध रुपमा रकम असुलेका छन् ।’ राईले भने–‘यस विषयमा छानविन गरी कारबाही होस् भनि ज्ञापन पत्र बुझाइएको हो ।’
ज्ञापन पत्र बुझ्ने क्रममा अनुसन्धानपछि दोषी ठहरिए कारबाहीको मागिदार हुने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । यसका लागि विद्युतसंग विस्तृत बुझेर दोषी ठहरिए कारबाही गर्ने बताए । ‘यसबारे छानविन हुन्छ ।’ प्रअिज शर्मा पौडेलले भने–‘दोषी ठहरिए कारबाही हुन्छ ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले अनियमित रुपमा उपभोक्ता समिति बनाएर रकम असुलेको बारे छानविन गर्ने बताए । सम्पन्नलाई विपन्न भनेर सिफारिस गरेको विषयमा समेत छानविन गरी कानुनी कारबाही नै बढाउने नगरप्रमुख रिजालले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ११ खार्मी र वडा नं १२ जालपामा विद्युत विस्तारका लागि डिआर कन्ट्रक्सनले ठेक्का लिएको हो । उक्त वडामा विद्युत विस्तारका लागि १ लाख १२ हजार नौ सय ७० रुपैया“को लागतमा पोल ढुवानी, तार विस्तार र ट्रान्स्फर्मर राख्न उक्त कम्पनीले ठेक्का लिएको हो । यद्यपि उक्त विद्युत विस्तारको काम विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका कर्मचारीको जिम्मामा भइरहेको स्थानीयले बताए । यसबाहेक अन्य व्यक्तिले उपभोक्ता समिति बनाएर रकम असुल्नु सिधै अनियमितता भएकाले कारबाही हुनु पर्ने स्थानीय सुरेश तामाङले बताए ।
त्यसो त जिल्लाका विभिन्न ठाउ“हरुमा विद्युत विस्तारमा अनियमितता भएको गुनासो आएका छन् । जिल्लाका विभिन्न ठाउ“हरुमा भएको केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तारमा अनियमितता भएको गुनासा आएको हो ।
उक्त विद्युत विस्तारमा ठेक्का प्रणालीबाट काम गरिए पनि सम्वन्धित ठेकेदारले काम नगरी विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रकै कर्मचारीले काम गर्ने गरेको, विपन्नलाई निशुल्क दिनु पर्ने मिटरबक्समा शुल्क असुलेको, उपभोक्ताहरुबाट विभिन्न बहानामा रकम असुलेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित