एउटा यस्तो आन्दोलन

  • प्रकाशित मितिः श्रावण १६, २०७७
  • 1653 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १६–पहिचान र अधिकारका लागि सधै आन्दोलन गरिरहने किराती समुदायको नेतृत्व गर्ने किरात राई यायोक्खा खोटाङका पदाधिकारीहरुको जिल्ला प्रशासन कार्यालय खोटाङमा आजको उपस्थिति फरक खालको थियो । कसैले कोदोको रक्सी बोकेका थिए, कसैले ज्ञापन पत्र । त्यो पनि अरुलाई होइन प्रधानमन्त्रीलाई उपहार पठाउनका लागि । हेर्दा– हेर्दै किरात राई यायोक्खा खोटाङका सचिव जमानशेर राई युग्शन किरात राईले ज्ञापन पत्र पढे र यायोक्खा अध्यक्ष हात्तिराम राईलाई हस्तान्तरण गर्न दिए ।
त्यसपछि राईले खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे । ज्ञापनमा स्थानीय रक्सीलाई बन्द गरेर बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका रक्सीहरुको प्रबद्र्धन भइरहेकाले उक्त बहुराष्ट्रिय कम्पनीका रक्सीलाई होइन, स्थानीय उत्पादनलाई प्राथमिकता, प्रोत्साहन, लगानी र प्रबद्र्धन गर्नु पर्ने उल्लेख छ । किराती संस्कृतिको आधारमा जन्मदेखि मृत्युसम्म रक्सी प्रयोग गर्नु पर्ने भएकाले सिंगो किराती संस्कृतिको विरुद्ध राज्य उभिएकाले त्यसको अन्त्य हुनु पर्ने ज्ञापनमा उल्लेख छ । किराती आमा चेलीहरुलाई उत्पादन गरेको रक्सीमा प्रतिबन्द्ध होइन, बरु यसलाई ब्राण्ड बनाएर आर्थिक समृद्धि हासिल गर्नु पर्ने ज्ञापन पत्रमा भनिएको छ ज्ञापनमा भनिएको छ–‘जबसम्म राष्ट्रले स्थानीय उत्पादनलाई प्रोत्साहन, लगानी र प्रबद्र्धन गर्दैन तबसम्म समृद्धि सम्भव छैन ।’
प्रमुख जिल्ला अधिकारी पौडेलले ज्ञापन र रक्सी सम्वन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।

cdo-kathuwa

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित