शहीद मजोज–झपेन्द्रको सम्झनामा (फोटो फिचर)...

  • प्रकाशित मितिः श्रावण १५, २०७७
  • 1251 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १५–आज साउन १५ गते, अर्थात २९ औं शहीद मनोज जोशी–झपेन्द्र स्मृति दिवस । आजकै दिन शहीद मनोज जोशीले साहदात प्राप्त गरेका थिए । कर्मचारी आन्दोलनका क्रममा २०४८ साउन १५ गतेका दिन जोशीले ज्यान गुमाएका थिए । तत्कालीन जनमोर्चा नेपालको भातृ संगठन अखिल नेपाल जनवादी युवा लिगका सदस्य, अखिल राष्ट्रिय विद्यार्थी युनियनका सदस्य, इन्द्रेणी सांस्कृतिक समाजमा आबद्ध जोशी कर्मचारीहरुको अधिकार सुनिश्चित गर्ने आन्दोलनमा होमिएका थिए । उनी २०३० असोज २३ गते जन्मिएका हुन् ।

1 2

2 4

3 3

4 2

जोशी लगायत झपेन्द्रलाई शहीद घोषणा गरिए पनि सेवा सुविधा उपलब्ध गराउन नसकेको भन्दै यसप्रति आफू लगायतका नेताहरुले पहल गर्ने नेकपा केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले बताए । वर्तमान अवस्थामा सबै क्षेत्रमा भ्रष्ट्राचार बढेकाले नियन्त्रणका लागि सम्वन्धित निकायको ध्यान जानु पर्ने जनाए । प्रमुख जिल्ला अधिकारी तथा पत्रकारहरु समेतलाई भ्रष्ट्रचार बढेकाले चासो दिनु पर्ने औल्याए । अनि मात्र शहीदहरुको सपना साकार हुने राईले धारणा राखे ।

6 1

7 1

8 1

कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट डिल्लीकुमारी आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल लगायतले मनतब्य व्यक्त गरेका थिए । कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष ध्रुबकुमार कार्कीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा श्यामकुमार सैजूलाई मनोज प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएका छ ।

9 1

11 1

12 1

शहीदमाता अम्बिका जोशी, शहीद दाजु राजेन्द्र जोशी लगायत विभिन्न संघसंगठन तथा सर्वसाधारणले समेत शहीद मनोज जोशीको प्रतिमामा फूलमाला सहित श्रद्धान्जली अर्पण गरेका थिए । कार्यक्रम मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रम मजोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) खोटाङले आयोजना गरेको हो ।

10 2

puraskrit

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित