सुत्केरी महिलाको उद्धार

  • प्रकाशित मितिः श्रावण ११, २०७७
  • 1116 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ११–दिप्रूङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वरछितापोखरीकी रेनुका वनलाई साउन ११ गते उद्धार गरिएको छ । की एक सुत्केरीको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । स्थानीय वर्थिङ सेन्टरमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी उनको रक्तश्रावले सिकिस्त बनेपछि काठमाडौं पठाइएको हो ।
महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ पठाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । साउन १० गते जुम्ल्यहा बच्चालाई जन्म दिएकी वनको रक्तश्रावले सिथिल भएपछि उनी सिकिस्त बनेकी हुन् । काठमाडौँ पठाइएपछि थापाथलीस्थित प्रसुति गृहमा उपचार सुरु भएको अध्यक्ष राईले सुनाए । दुबै बच्चा भने स्वस्थ रहेको अध्यक्ष राईले जनाए ।
जिल्लामा सुत्केरी महिलाको उद्धारले सहज भएको छ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीया तारा राईलाई गत असार ४ गते ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तरगत उद्धार गरिएको थियो । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी सिर्जना तामाङलाई गत चैत १५ गते सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ), हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारकी २३ वर्षीया रविता विश्वकर्मा र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी विममाया विश्वकर्माको पनि उद्धार गरिएको थियो ।

तस्बिर सौजन्य : दिप्रुङ चुइचुम्मा गाउ“पालिका ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित