बाँचुञ्जेल बँचाइराख बाँच्ने रहर ! (कविता)

  • प्रकाशित मितिः श्रावण ११, २०७७
  • 1346 पटक पढिएको
  • संवादताता

विष्णु उपरकोटी–
नछोड बाँच्ने रहर !
छोडिदेउ नबाँच्ने रहर !
नछुटाइ छोड नबाँच्ने रहरहरू !
शून्यताको खेल शून्यताकै गोलार्धभित्र खेलेर
केही शुन्य थप्नु छ ।
तिम्रो र मेरो सम्बन्धको अंकपछाडि

नगर्नुछ,
(खुशीहरूका शिखर पुगेर
अन्तरवेदनाका)
होचाइ र पुड्काइको मापन !
(ढुङ्गालाई कुँदेर मान्छेका कोमल
बिश्वास बनाइरहेका मूर्तीकारहरूलाई आत्माको( जिवितताको प्रश्न
(आँखालाई रङ्गहरूको विविधताको चतु¥याइँका अहंकारी सवाल !

(आँसु मन्थन गरेर सम्बन्धको पहिचान !
नछोड बाँच्ने रहर !
छोडिदेउ नबाँच्ने रहर !
नछुटाइ छोड नबाँच्ने रहरहरू !
उज्यालोसँग केही किरण पात्रहरू मागेर,
पानीसँग केही थोपा शब्दहरू जमाएर,
हावाका केही झोक्का वाक्य बटुलेर,
क्यानभासका बेआकार चित्र सङ्हालेर,
पूरा गर्नुछ एउटा बिराट आख्यान
जसले
सोचाइको बैकल्पिक मार्ग तय गरिदियोस् ।
हिसांको अफिमबाट बचाओस् ।

बुझाओस्
मृत्यु कालो छ ।
अध्यारोको रङ्ग पनि कालैहुन्छ ।
तर
कालो रङ्ग अध्यारोको हुँदैहैन ।
नछोड बाँच्ने रहर !
छोडिदेउ नबाँच्ने रहर !
नछुटाइ छोड बाँच्ने रहरहरू !
तिमीसँग एउटा यस्तो अमुक अनुसन्धानको प्रारम्भ गर्नुछ,
(जून नभइदियोस् विस्फोट

ननिक्लियोस् चरम उत्तेजनाका म्याग्माहरू
(जसको नगरिदियोस् कसैले परिणामको(
अग्रिम प्रष्फुटन
(जहाँ नगर्नुपरोस् बैकल्पिक सपनाहरूका अपिल
(जहाँ नचाहियोस् स्वतन्त्रताको अफिम खाएर एकान्तमय तिक्तताको गुणगान गाउन

(जानियोस् जन्म र मृत्युको बैकल्पिक खेल
(महसुस होस् परिपुरकताको तात्पर्यता
(भरियोस् इच्छाहरूका खाली खाली भकारी
(पुगियोस् मानिसहरू बाच्नुको(
अन्तिम रहस्य बुझ्ने ठाउँ
नछोड बाँच्ने रहर !
छोडिदेउ नबाँच्ने रहर !
नछुटाइ छोड नबाँच्ने रहरहरू !
प्रिय !
बाँचुन्जेल बचाइराख बाच्ने रहर !
बाँचे न मर्न सकिन्छ
हैनभने ,
मरेपछि कहाँ बाँच्न सकिन्छ र !
प्रकाशित मिति २०७७ साउन ११

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित