गाई, भैसी र रागा काट्ने पक्राउ

  • प्रकाशित मितिः श्रावण ११, २०७७
  • 1260 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ११–चरिरहेको गाई, भैसी र रागा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २४ वर्षीय विकाश राई र १७ वर्षीय नाबालक पक्राउ परेका छन् । गत साउन ९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिको धार्मिक पर्यटकीयस्थल साप्सुढापमा चरिरहेको गाई, भैसी र रागालाई काटेको अभियोगमा पक्राउ परेका हुन् ।
प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाका अनुसार उनीहरुलाई साउन ११ पा“च दिनको म्याद थपेर अनुसन्धान बढाइएको छ । उनीहरुलाई पशुपन्छीसम्वन्धी कुसरमा मुद्दा चलाइएको डिएस्पी चिमोरियाले सुनाए । उनीहरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङका मकरबहादुर राईको भैसी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका प्रेमकुमार पौडेलको गाई र रागा काटेको डिएस्पी चिमोरियाले बताए ।
खसी चोर्न पक्राउ ः
खसी चोरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाडा“का २० वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका सन्तोष कार्कीको खसी चोरेको अभियोगमा श्रेष्ठलाई आइतबारै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सात दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको डिएस्पी चिमोरियाले जनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित