नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २–जिल्लाका ११ जनै कोरोना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् । जिल्लाका विभिन्न पालिकाहरुका कोरोना संक्रमित ११ जनाले उपचारपछि घर फर्किएका हुन् ।
प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छ जना, हलेसी तुवाचुङ नगरपालिकाका चार जना र ऐसेलुखर्क गाउँपालिकाका एक जना संक्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किएका हुन् । अहिलेसम्म उपचारमा रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई संक्रमित पनि साउन २ गते डिस्चार्ज भएको प्रमुख जिल्ला अधिकारी पौडेलले सुनाए । सबै संक्रमित उपचारपछि फर्किएपछि जिल्ला ‘कोरोनामुक्त’ बनेको छ । खोटाङमा छ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
जिल्ला प्रशासन कार्यालयले जानकारी दिए अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई सय ५४, हलेसी तुवाचुङ नगरपालिकाका एक सय ९०, ऐसेलुखर्क गाउँपालिकाका ५०, खोटेहाङ गाउँपालिकाका ४९, जन्तेढुंगा गाउँपालिकाका ३४, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ३२, साकेला गाउँपालिकाका २४, रावाबेसी गाउँपालिकाका १२, बराहपोखरी गाउँपालिकाका सात र केपिलासगढी गाउँपालिकाका तीन जनाको पीसीआर परीक्षण गरिएको छ । जिल्लाका एक हजार छ सय आठ जनाको आरडीटी टेष्ट गर्दा ३० जनामा पोजिटिभ रिपोर्ट देखिएको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित