नमस्ते खोटाङ संवाददाता-
खोटाङ, साउन ९–बाख्रा चराउदै गरेकी एक महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका ३२ वर्षीय दिपक भट्टराईविरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको छ । गत साउन ४ गते दिउसो करीब तीन बजेको समयमा खेतमा बाख्रा चलाउँदै गरेकी २४ वर्षीया महिलालाई भट्टराईले जबरजस्ती करणी प्रयास गरेको आरोप लगाउँदै पीडितले बुधबार जिल्ला प्रहरी कार्यालय खोटाङमा दिएको मुद्दा दर्ता भएको हो ।
अन्दाजी ३२ वर्षीय भट्टराईले खेतमा बाख्रा चराइ रहेको अवस्थामा मुख थुनेर लछारपछार गर्दै जबरजस्ती करणी प्रयास गरेको पीडित महिलाले बताएकी छन् ।
भट्टराईले लछारपछार गरेपछि घाइते अवस्थामा रहेकी महिलाको अहिले जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । स्थानीयले डोकामा बोकेर उपचारका लागि अस्पताल ल्याइएकी महिलाको शरीरभरि निलडाम छ ।
घाइते अवस्थामा रहेकी महिलालाई आफन्तले घरबाटै बोकेर ल्याएपछि सोमबार साँझ अस्पताल भर्ना गराएको थियो । घटनापछि बारम्बार बान्ता गरिरहने महिलाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
पीडितले दिएको उजुरीका आधारमा जबरजस्ती करणी उद्योग अन्तरगत बुधबारै मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए ।
घटनापछि साउन ५ गते स्थानीय कोपिला आमा समूहले पीडित महिला र पीडक भट्टराईबीच मिलापत्र गराएको खुलासा भएको छ । घटना भएको भोली पल्टै बसेको आमा समूहको भेलाले पीडित महिलाको उपचारमा लाग्ने सम्पूर्ण खर्च पीडक भट्टराईले व्यहोर्ने र उपचारमा जाँदाको समयमा घरपरिवार तथा वस्तुभाउको हेरचाह पीडकले नै गर्ने सर्तमा मिलापत्र गराएको खुलासा भएको हो ।
मिलापत्र गरेको कागजमा आमा समूहका पदाधिकारी तथा पीडित र पीडक दुवैले हस्ताक्षर गरेको पाइएको छ । आमा समूहले गराएको मिलापत्र बमोजिम पीडक भट्टराईले सर्त पूरा नगरेपछि घटना बाहिर आएको हो ।
पीडक भट्टराई मिलापत्र गरेलगत्तैदेखि फरार रहेको स्थानीयले बताएका छन् । उनले यसअघि पनि रातको समयमा घरमा आएर पटकपटक जबरजस्ती करणीको प्रयास गर्नुका साथै धम्की दिने गरेको पीडित महिलाले बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित