नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २९–धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा दुर्लभ रातो माछा गर्ने दुई जना स्थानीय पक्राउ परेका छन् । जिल्लाको दक्षिणी बराहपोखरी गाउ“पालिका–१ बराहपोखरीमा रातो माछा डोकोले छोपेर निकाल्दै गरेको अवस्थामा स्थानीय ५७ वर्षीय प्रेमबहादुर राई र २७ वर्षीय जीतबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।
संसारबाटै लोपोन्मुख बनेको रातो माछा निकाली रहेको स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीचौकी बराहपोखरीकै प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी असार २९ गते म्याद थपेर चोरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए ।
पक्राउ परेका व्यक्तिसँग भेटिएका ज्यूँदो माछालाई पोखरीमै छाडिएको र मरेको माछालाई बरामद गरिएको प्रहरीले जनाएको छ । बराहपोखरीबाट अन्दाजी ३५ केजीभन्दा बढी रातो माछा निकालिएको पाइएको डिएस्पी चिमोरियाले बताए । नेपालको एक सय गन्तव्यको सूचीमा समावेश बराहपोखरीमा पाइने दुर्भल रातो माछा स्थानीय तथा जलचरका कारण संकटमा परेको छ ।
दुर्लभ रातो माछा संरक्षण गर्न स्थानीयले हा“स लगायतका अन्य जलचर धपाइए पनि नसकेको वडाध्यक्ष टंक मगरले बताए । यहा“ परापूर्वकालमा स्थानीय १२ घर मगरबस्ती ढुबेर पोखरी बनेको भन्ने किम्बदन्ती छ । उक्त बराहपोखरी तीन सय तीस मिटर लम्बाई र दुई सय दश मिटर चौडाईको क्षेत्रफलमा फैलिएको छ ।
बराहपोखरीको दक्षिणपट्टी अवस्थित बराहमाई र शंखेश्वरको पूजाआराधना गरेमा चिताएको कुरा पूरा हुने जनविश्वास छ । चारैतिर जङगलले घेरिएर बीच भागमा बनेको बराहपोखरीमा जीवनमा शान्ति मिलोस् भन्ने अपेक्षासहित जोडी परेवा उडाउनुका साथै सुद्धताका लागि नुहाएर पूजाआराधना गर्ने प्रचलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित