उनले प्रेम गरेको दिन ! (कविता)

  • प्रकाशित मितिः असार २८, २०७७
  • 1247 पटक पढिएको
  • संवादताता

विष्णु उपरकोटी–
पानीको सट्टा–
तिर्खा जम्नेछ ।
रोगीको सट्टा–
रोग निको हुनेछ ।
हिमाल ओछ्याएर–
तराईको आरोहण गरिने छ ।
मलद्वार मुखमा–
मुख मलद्वारमा हुनेछ ।
रुखहरूले जमिनमुनि गाडिएर–
आकाश छुनेछन् ।
नेताहरूले टाउको टेकेर–
पैतालाले भाषण गर्नेछन् ।
आगोले मन डढाउनेछ–
मुर्दालाई पोल्नेछ ।
पानीले आगो डढाउनेछ–
पानीसँग आगो डराउनेछ ।
नाम राखेर चरित्र हैन–
चरित्र हेरेर नाम राखिनेछ ।
सिताले रामसँग प्रेम गर्ने छिन्,
राम रामयण बन्ने छैनन् ।
सत्यता मात्र ओकल्छ भन्ने–
ऐना र छायाको भ्रम हट्नेछ ।
यी यावत क्षेप्यास्त्रको परिक्षण हुनेछन्
उनले मलाई प्रेम गरेको दिन !
प्रकाशित मिति : २०७७ असार २८

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित