दलित संयुक्त संघर्ष समिति र सञ्चारकर्मी बीच अन्तरक्रिया

  • प्रकाशित मितिः असार २३, २०७७
  • 1103 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २३–जातीय विभेदको अन्त्यका लागि जिल्लास्थित दलित संयुक्त संघर्ष समितिले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ । रुकुममा भएको नरसंहारपछि बनेको संघर्ष समितिले दोस्रो चरणको आन्दोलनका कार्यक्रम अगाडि बढाउन सुझावका लागि अन्तरक्रिया गरेको हो ।
संघर्ष समितिका संयोजक दीपक ठटालले दोस्रो चरणको आन्दोलनलाई कसरी व्यवस्थित र उपलब्धि मुलुक बनाउने भन्ने विषयमा सुझाव लिन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बताए । यसक्रममा पहिलो चरणको आन्दोलनमा सञ्चार माध्यामको तर्फबाट पु¥याएको सहयोगको प्रशंसा गर्दै आगामी कार्यक्रमहरुमा समेत सहयोग गर्न ठटालले अनुरोध गरे ।
कार्यक्रममा रुकुम घटना मात्र नभएर खोटाङमै दलितहरुमाथि ज्यादती भइरहेको र यसका लागि संघर्ष समितिको ध्यान जानु पर्ने धारणा राखेका छन् । आन्दोलनमा प्रचार प्रसार, सरोकारवालाहरुसँगको परामर्श र तेस्रो चरणको आन्दोलनको पूर्वतयारी गर्ने संघर्ष समितिका सदस्य मिलन चाहारले बताए ।
मुक्ति आन्दोलनमा लामो समय संघर्षहरु गरिएपनि त्यसले खासउपलब्धि प्राप्त नभएकाले फेरि दलित मुक्ति आन्दोलनका लागि आन्दोलन आवश्यक रहको नेकपाकी रश्मी रसायलीले बताइन् । ‘दलितको कोटाबाट सत्तामा पुगे पनि दलितहरुको पक्षमा काम गर्न सकेका छैनन् ।’ रसाइलीले भनिन्–‘अवसर मात्र खोज्छन्, काम गर्दैनन् ।’
उपस्थित पत्रकारहरुले समेत दलितहरुको अवस्था र अधिकारको बारेमा कलम चलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित