नारायणप्रसाद जोशी सामाजिक कल्याण कोष स्थापना

  • प्रकाशित मितिः असार २०, २०७७
  • 1367 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २०–नारायणप्रसाद जोशी सामाजिक कल्याण कोष स्थापना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वामित्वमा रहने उक्त कोषमा करिब १२ लाख रुपैया“ जम्मा गरिएको हो ।
यसमध्ये नगरपालिकाको आठ लाख र अन्य विभिन्न संघ÷संस्थाहरुको गरी यत्तिको कोष खडा गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा असार २० गते आयोजिक असार २० गते आयोजित नारायणप्रसाद जोशी सामाजिक विकास कोष घोषणा तथा सम्मान कार्यक्रममा जानकारी गराइएको हो । उक्त कार्यक्रमको अवसरमा नारायणप्रसाद जोशी सामाजिक पुरस्कार २०७७ बाट सामाजिक अभियान्ता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका इमान राईलाई गरिएको छ । तीस हजार रुपैया“ नगद सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित