नमस्ते खोटाङ संवाददाता-
खोटाङ, साउन ९–बाख्रा गोठाला गर्दै गरेकी एक महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका दिपक भट्टराईविरुद्ध प्रहरीमा उजुरी परेको छ । गत साउन ४ गते दिउसो करीब तीन बजेको समयमा खेतमा बाख्रा चलाउँदै गरेकी महिलालाई भट्टराईले जबरजस्ती करणी प्रयास गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेको हो ।
अन्दाजी ३२ वर्षीय भट्टराईले खेतमा बाख्रा चराइ रहेको अवस्थामा मुख थुनेर लछारपछार गर्दै जबरजस्ती करणी प्रयास गरेको पीडित महिलाले बताएकी छन् । ‘म खेतमा बाख्रा चराइ रहेकी थिए ।’ उनले भनिन्–‘खेतमै आएका घाँटी समाएर मुख थुन्दै दल्न थालेपछि भाग्न सफल भएँ ।’
भट्टराईले लछारपछार गरेपछि घाइते अवस्थामा रहेकी महिलाको अहिले जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । स्थानीयले डोकामा बोकेर उपचारका लागि अस्पताल ल्याइएकी महिलाको शरीरमा निलडाम छ ।
घाइते अवस्थामा रहेकी महिलालाई आफन्तले घरबाटै बोकेर ल्याएपछि सोमबार साँझ अस्पताल भर्ना गराएको प्रहरीले जनाएको छ । घटनापछि बारम्बार बान्ता गरिरहने महिलाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् । पीडितले दिएको उजुरीका विषयमा छानविन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।
घटनापछि साउन ५ गते स्थानीय कोपिला आमा समूहले पीडित महिला र पीडक भट्टराईबीच मिलापत्र गराएको खुलासा भएको छ । घटना भएको भोली पल्टै बसेको आमा समूहको भेलाले पीडित महिलाको उपचारमा लाग्ने सम्पूर्ण खर्च पीडक भट्टराईले व्यहोर्ने र उपचारमा जाँदाको समयमा घरपरिवार तथा वस्तुभाउको हेरचाह पीडकले नै गर्ने सर्तमा मिलापत्र गराएको खुलासा भएको हो ।
मिलापत्र गरेको कागजमा आमा समूहका पदाधिकारी तथा पीडित र पीडक दुवैले हस्ताक्षर गरेको पाइएको छ । आमा समूहले गराएको मिलापत्र बमोजिम पीडक भट्टराईले सर्त पूरा नगरेपछि घटना बाहिर आएको हो ।
पीडक भट्टराई मिलापत्र गरेलगत्तैदेखि फरार रहेको स्थानीयले बताएका छन् । उनले यसअघि पनि रातको समयमा घरमा आएर पटकपटक जबरजस्ती करणीको प्रयास गर्नुका साथै धम्की दिने गरेको पीडित महिलाले बताएकी छन् ।
तस्बिर साभार गुगलबाट
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित