म विदेशमा छु (कविता)

  • प्रकाशित मितिः असार २०, २०७७
  • 1188 पटक पढिएको
  • संवादताता

डाइमण्ड राई–
हो म वर्षौंदेखि विदेशमा छु
महँगो गाडीको,महँगै साडीको
राम्रो खाको, राम्रै ला’को
फोटो राखुँला ।
ऐश आराम, सुख सयलको
गफ छाँटुला ।
के गरौं हजुर !
मान्छेको जातै यस्तो ।
तर अहँ मैले
भाँडा माझेको,पसिना बगाको
फोटो राख्दिन ।
आफू हेपिएको,
आफ्नै सपनाहरु चेपिएको
मन भरि कहानी छ ।
त्यो पनि कहँदिन ।
तब त
आफ्नाहरु नै भन्छन्,
तँ कति निष्ठुरी होस् ।
हामीलाई माया मारिस् ।
देशलाई लात मारिस् ।
कैलेकाहीं देश दुख्दा,
म पनि त दुख्छु बेस्सरी ।
सायद्,
परदेशीलाई तेत्ती नै देशको महत्व हुन्छ ।
जति टुहुरोलाई बा–आमाको ।
तर तिमी
कति सजिलै भनि दिन्छौं
साला !!!
देशबाहिर बसेर फुर्ती लगाउँछस् ।
झ्याक्ने !!!
विदेश बसेर ठल्ठूला कुरा गर्छस् ।
तर म गौरबका साथ भन्छु
हो म बिदेशमा छु ।
पौरख गर्छु ।
पसिना बगाउँछु ।
अलिकति भए पनि,
देशको महत्व बुझेकोछु ।
अलि अलि थाहा छ,
देशप्रतिको जिम्मेवारी ।
बरु सकेको बेला दिन्छु ।
तर मैले देश लुटेको छैन ।
मैले देश बेचेको छैन ।
प्रकाशित मिति २०७७ असार २०

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित