होल्डिङ सेन्टर बनाइदै

  • प्रकाशित मितिः असार १७, २०७७
  • 1209 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १७–दिक्तेलमा ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको छ । विभिन्न ठाउबाट आउनेहरुलाई पीसीआर परीक्षणको रिपोर्ट नआउन्जेलसम्मका लागि राख्न दिक्तेलको पञ्च माविमा १० बेडको ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको हो ।
जिल्ला बाहिरबाट भित्रिएका स्थानीयलाई सरासर घर पठाउँदा कोरोना संक्रमणको खतरा बढेकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले उनीहरुको पिसिआर परिक्षण गरेर मात्र घर पठाउने र त्यतिञ्जेलसम्म सुरक्षित तरिकाले राख्नका लागि ‘होल्डिङ’ सेन्टर बनाउने निर्णय गरेको हो ।
क्वारेन्टीनकैरुपमा प्रयोग गरिने ‘होल्डिङ’ सेन्टर निर्माणका लागि आवश्यक सामग्री नेपाल रेडक्रस सोसाईटीले उपलव्ध गराउने तथा नेपाली सेना र रेडक्रसकर्मीले ‘होल्डिङ’ सेन्टर गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एबं जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक शालिग्राम शर्मा पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित