नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माम्खाका देवराज राईका १२ वर्षीय छोरा प्रदीप राईले असार १६ गते झुण्डिएर आत्म हत्या गरेका हुन् । दिउसो करिब दश बजेतिर उक्त वडाकै बोराटोलस्थित मावली घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
मावली घरको ढोका बन्द गरेर झुण्डिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले भने–‘ढोका लगाएर घरभित्र झुण्डिएको नातीको उद्धार गर्न मावली बाजेले हर प्रयास गरे पनि असफल भए ।’ साहले भने–‘ढोका फुटाएर डोरी कटी बचाउ“न प्रयास गरे पनि त्यति खेर मृत भइसकेका रहेछ ।’
मृतक बालकका उनका बाबु देवराज वैदेशिक रोजगारीमा साउदीमा छन् । के कारणले आत्महत्या गरेको भन्ने विषयमा अनुसन्धान गरिने प्रहरी निरीक्षक साहले बताए । मृतकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ । फोटो साभार : गुगलबाट
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित