नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १५–जिल्लामा फेरि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालाले जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्ककी २५ वर्षीया महिलामा असार १५ गते कोरोना पुष्टि गरेको हो ।
जिल्ला अस्पताल खोटाङका चिकित्सक शैलेष श्रेष्ठका अनुसार उनी गत असार १० गते भारतबाट आएकी हुन् । उनी घरमै बस्दै आएकी थिइन् । उनलाई संक्रमण देखिएपछि उनी बसेको दिक्तेल रत्नपार्कस्थित घर शिलबन्दी गरिएको छ । उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको चिकित्सक श्रेष्ठले सुनाए । यद्यपि गाडी नपाएपछि समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित