खोटाङमा फेरि अर्का जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मितिः असार 15, 2077
  • 1595 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १५–जिल्लामा फेरि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालाले जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्ककी २५ वर्षीया महिलामा असार १५ गते कोरोना पुष्टि गरेको हो ।
जिल्ला अस्पताल खोटाङका चिकित्सक शैलेष श्रेष्ठका अनुसार उनी गत असार १० गते भारतबाट आएकी हुन् । उनी घरमै बस्दै आएकी थिइन् । उनलाई संक्रमण देखिएपछि उनी बसेको दिक्तेल रत्नपार्कस्थित घर शिलबन्दी गरिएको छ । उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको चिकित्सक श्रेष्ठले सुनाए । यद्यपि गाडी नपाएपछि समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित