क्वारेन्टाइनबाट निस्किएर घरमै बसेका थिए संक्रमित

  • प्रकाशित मितिः असार १५, २०७७
  • 1086 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १६–साउदीबाट आएका बुवालुङ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गा बस्ने ३५ वर्षीय पुरुष पीसीआर रिपोर्ट नआउ“दै घर गएको खुलासा भएको छ । गत असार ८ गते दिक्तेल आइपुगेका उनी र माटिकोरे कभर्ड हलमा बनाइएको क्वारेन्टाइनमा चार दिन बसेर घर गएको खुलासा भएको हो ।
उनी घर गएपछि परिवारसंग घुलमिल भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का वडा अध्यक्ष हर्क खत्रीले सुनाए । उनका अनुसार पीसीआर रिपोर्ट नआउदै घर आएका उनी बजार निस्किए निस्किएनन् भन्ने अनुसन्धान भइरहेको छ । यद्यपि उनकी श्रीमती भने दिक्तेल बजारको सुन पसल, कपडा पसल, ब्युटी पार्लर आएको भने खुलेको छ ।
उनी संक्रमित भएको पुष्टिपछि अल्छेढुङ्गाको बरफेददेखि डाडागाउ“ साकेलाथानसम्म असार १४ गते बेलुकीदेखि नै सिल गरिएको प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताए । असार १५ गते विहान बैठकले दिक्तेल बजारको पसल समेत बन्द गर्ने समेत निर्णय गरिएको छ । यद्यपि उपभोग्य वस्तु किन बेच गर्न विहान ६ बजेदेखि ९ बजेसम्म पसल खुल्ला गरिने छ । अन्य सेवा भने कायमै रहने प्रजिअ शर्मा पौडेलले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित