खोटाङका चार जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मितिः असार १४, २०७७
  • 962 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १४–जिल्लाका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालाले जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीन र ऐसेलुखर्क गाउ“पालिकाको एक गरी असार १४ गते चार जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।
जिल्ला अस्पताल खोटाङका चिकित्सक शैलेष श्रेष्ठका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्षीय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गा बस्ने ३५ वर्षीय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी २२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । उनीहरुमध्ये सोल्माका १८ वर्षीय युवा भारतबाट, बुवालुङका ३५ वर्षीय कुबेतबाट र बुइपाका २२ वर्षीया महिला कुबेतबाट आएका हुन् ।
त्यस्तै ऐसेलुखर्क गाउ“पालिकाका ३० वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको हो । उनी कुबेतबाट आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताए । उनीहरुमध्ये तीनलाई आइतबारै विराटनगरस्थित कोरोना विशेष अस्पतालमा पठाउने तयारी भइरहेको प्रजिअ शर्मा पौडेलले बताए । महिला भने टाढा भएकाले अर्को चोटी पठाइने प्रजिअ शर्मा पौडेलले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित