नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १३–प्रजातान्त्रिक योद्धा स्वर्गीय सर्वधन राईको स्मृतिमा प्रतिष्ठान निर्माण भएको छ । राणा शासन विरुद्ध लडेका राईको स्मृति प्रतिष्ठान निर्माण गरिएको हो । उक्त प्रतिष्ठान असार ८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरिएको छ ।
प्रजातन्त्रका लागि निरन्तर संघर्ष गरेर जीवन समर्पण गरेका राईको योगदानलाई स्मरण गर्दै नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा उनको स्थान एबम् गौरवशाली इतिहासलाई ताजा राख्ने उद्देश्यले स्मृति प्रतिष्ठान निर्माण गरिएको हो । उक्त प्रतिष्ठान राईकै नातिनी तथा प्रदेशसभा सदस्य उषाकला राईको अध्यक्षतामा ११ सदस्यीय निर्माण गरिएको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा स्वर्गीय राईकै कान्छा छोरा केशव राई, सचिवमा जमानसेर राई र कोषाध्यक्षमा रामप्रसाद दंगाल छन् । सदस्यमा पूर्वकानूनमन्त्री तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, पूर्वजिविस सभापति बिष्णुकुमार राई लगायत छन् ।
नेपालको प्रजातान्त्रिक एबम् लोकतान्त्रिक आन्दोलनको विभिन्न योद्धाहरुको बारेमा अध्ययन–अनुसन्धान गर्ने एबम् पूर्वी नेपालकै बृहत साँस्कृतिक संग्रहालय निर्माण गर्ने लगायतका प्रतिष्ठानको उद्देश्य प्राप्ति लागि प्रतिष्ठानकै उपाध्यक्ष केशव राईले आमाबाट आफ्नो नाममा आएको ११ रोपनी ७ आनाभन्दा बढी जग्गा प्रतिष्ठानलाई दान गरेका छन् ।
१९७२ साल भदौ ५ गते जन्मिएका राईले २००७ सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा जहानीय राणा शासन अन्त्यका लागि जनमुक्ति सेनाको नेतृत्व गरी पूर्वको किल्ला जित्दै चरिकोटसम्म कव्जा गरी राणा शासन अन्त्यको योगदान दिएका थिए ।
यस्तै २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेर निरंकुस पञ्चायती व्यवस्था लादेपछि राजाको उक्त कदम बिरुद्ध राईकै नेतृत्वमा २०१८ साल कात्तिकमा पहिलोपल्ट सशस्त्र बिद्रोह गरी दिक्तेल कव्जा गर्दै ऐसेलुखर्क कव्जा गर्ने प्रयास गरिएको थियो । सशस्त्र विद्रोह असफल भएपछि र तत्कालीन शासकले टाउकोको मूल्य तोकेपछि सर्वधनले भारतमा ८ वर्ष निर्वाशन जीवन बिताएको प्रदेशसभा सदस्य राईले सुनाइन् ।
सर्वधनले खाल्लेमा ५५ झ्याले घर बनाएको र तत्कालीन शासकले केही झ्याल भत्काउन लगाएको वडा अध्यक्ष डिल्लीकुमार राईले बताए । त्यसै गरी खोटाङबजारमा रहेको सदरमुकामलाई उनकै नेतृत्वमा दिक्तेलमा सारिएको थियो । उनै योद्धाको स्मृतिमा बृहत साँस्कृतिक संग्रहालय निर्माणका लागि प्रदेश सरकारबाट ३० लाख बजेट विनियोजन भएको स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा प्रदेशसभा ससदस्य राईले बताइन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित