चाम्लिङ भाषामा सरकारी कामकाज गर्ने हलेसी तुवाचुङले नीतिगत योजना पारित ग¥यो

  • प्रकाशित मितिः असार १३, २०७७
  • 2151 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १३–हलेसी तुवाचुङ नगरपालिकाले सरकारी कामकाजको भाषा किराती चाम्लिङ राख्ने नीतिगत योजना पारित गरेको छ । गत असार १० गते पारित नीति तथा कार्यक्रममा सरकारी भाषा चाम्लिङ राख्ने उल्लेख गरिएको छ ।
उक्त नगरपालिकाको वडा नं. १ बाहुनीडाडा“, २ डिकुवामा वाम्बुले र वडा नं ३ च्यास्मिटारमा तिलुङ भाषालाई मान्यता दिइने उल्लेख छ । नगरपालिका र वडाहरुको लेटर हेडमा समेत उक्त भाषाहरु राखिने उल्लेख गरिएको छ ।
यसबाहेक स्थानीय भाषा, लिपी, साहित्य र कलालाई प्राथमिकताका साथ संरक्षण र प्रवद्र्धन गर्दै स्थानीय भाषा पाठ्यक्रम (चाम्लिङ वाम्बुले र तिलुङ) निर्माण गरिने नीति कार्यक्रम बनाइएको छ । यसका लागि कार्यदल गठन गरी कार्यान्वयन गरिने नगर उपप्रमुख राईले सुनाइन् । उक्त नीति कार्यक्रममा ऐतिहासिक कागजात तथा दस्तावेजहरु संकलन गरी पुस्तक प्रकाशन गरिने समेत उल्लेख छ ।
हलेसी मन्दिर परिसरमा किरात संस्कतिको प्रतिक तीनचुला, चिण्डो (वाबु), हलेसी गुफा पत्ता लगाउने बाघबङ्शी र किरात पुर्खा खोक्चिलिपाको प्रतिमा राखिने उल्लेख छ । त्यस्तै साकेला थान, किरात सांस्कृतिक घर समेत निर्माण गरिने नगर उपप्रमुख राईले बताइन् ।
यसका लागि किरात भाषा संस्कृति संरक्षण ४२ लाख, माङ्खिम (किरात सांस्कृतिक घर) निर्माण १५ लाख, हलेसी मन्दिर परिसरमा चिण्डो (वाबु), बाघबङशी, खोक्चिलिपा र साकेला थान निर्माणमा दश लाख, चाम्लिङ भाषा शब्दकोष निर्माण तीन लाख, होलेसुङ पार्क निर्माण पा“च लाख, स्थानीय पाठ्यक्रम निर्माण दुई लाख, चाम्लिङ भाषा कक्षा सञ्चालन दुई लाख, इतिहासिक दस्तावेज संकलन पा“च लाख लगायत ४२ लाख बजेट विनियोजन गरेको नगरप्रमुख राईले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित