फरार अभियुक्त पक्राउ

  • प्रकाशित मितिः श्रावण ९, २०७५
  • 1611 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, साउन ८–एक वर्षअघि स्थानीय एक बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने फरार रहेका एक युवा पक्राउ परेका छन् । २०७४ जेठ १९ गते रात १२ बजे स्थानीय बालिकालाई बलात्कार प्रयास गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का निदेश राई साउन ५ गते पक्राउ परेका हुन् । उनलाई जबरजस्ती करणी उद्योग मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले बताए । फरार रहेका राई घरमै पक्राउ गरिएको थापाले सुनाए । राईलाई जिल्ला अदालतमा पेश गरी पुर्पक्षका लागि जिल्ला कारागार खोटाङमा थुनामा पठाइएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित