पत्रकार मगरलाई ‘समृद्ध साकेला विकास पत्रकारिता पुरस्कार’

  • प्रकाशित मितिः असार १०, २०७७
  • 1309 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १०–पत्रकार केदार मगर पुरस्कृत भएका छन् । जिल्लामा दश वर्षदेखि क्रियाशील मगरलाई असार १० गते साकेला गाउँपालिकाले स्थापना गरेको ‘समृद्ध साकेला विकास पत्रकारिता पुरस्कार २०७७’बाट पुरस्कृत गरेका हो ।
पत्रकार मगरले पत्रकारिताको माध्यबाट गाउँपालिकाको समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकाले सम्मान स्वरुप नगदसहित पुरस्कृत गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । मानेभञ्ज्याङस्थित कार्यालयमा आयोजित नवौँ गाउँसभा उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख झङ्कार, उपप्रमुख सरिता खड्का र प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले पत्रकार मगरलाई सम्मानपत्रसहित नगद रु दश हजार १०० राशीको पुरस्कार प्रदान गरेका हुन् ।

पत्रकार मगर नेपाल पत्रकार महासङ्घ एक नम्बर प्रदेश सभाषद् तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका केन्द्रीय सदस्य हुन् । खोटाङ जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील पत्रकार मगरले यसअघि तत्कालीन जिल्ला विकास समिति खोटाङले प्रदान गरेको ‘सर्वोउत्कृष्ठ विकास पत्रकारिता पुरस्कार २०७२’ तथा अन्य विभिन्न विद्याका पुरस्कार एवम् सम्मान प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित