विकासमा होडबाजी
- प्रकाशित मितिः असार १६, २०७५
- 1510 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असार १६–मान्छेका लागि इच्छा शक्ति नै सफलताको एउटा दर्बिलो पक्ष हो । त्यसै अनुसार हरेक क्रियाकलापहरुको सफलता हात पर्छ । त्यस्तै भयो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं–२ सोल्मा र वडा नं–६ नेर्पामा । यहा“का युवाहरुको सक्रियतामा सडक खनेका छन् । उनीहरुले सडक कस्तो हुनु पर्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।
नेर्पामा वडाको १५ लाख र नगरपालिकाको ३२ लाख गरी ४७ लाख रुपैया“मा साडे सात किलोमिटर लम्बाई र चौडाइ छ मिटरको सडक खनिएको हो । यसमध्ये सोलिङ सात सय १० मिटर सडकमा गरिएको स्थानीय सरद राईले बताए । नगरपालिकाले सुरुमा १५ लाख र कामको मुल्याङ्कन गर्दा ४७ लाख रुपैया“ बराबरको भएपछि १७ लाख रूपैया“ थप गरिएको हो । यो सडक बाह«ैमास सञ्चालन हुने भएको छ ।
त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–२ सोल्मामा पनि स्थानीय युवाहरूले अल्छेढुङ्गा–बेसीटोल–छेपेखोलासम्मको सात मिटर चौडाईको चार किलोमिटर सडक खनेका छन् । यो सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ लाख ६१ हजार नौ सय ४९ र एक लाख ७३ हजार पा“च सय ४९ जनश्रमदान गरी १७ लाख ३५ हजार चार सय ९९ रूपैया“को लागतमाजनश्रमदान करिब उनीहरूले नेर्पाका युवाहरुले खनेको सडक देखेर त्यो भन्दा राम्रो सडक खन्ने प्रयास गरेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्र राईले बताए ।
स्थानीय युवाहरुले खनेको सडक नगरपालिकाभरको उदाहरणीय सडक भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताए । ‘स्थानीय युवाहरूले आफ्नो गाउ“ भएकाले उदाहरणीय सडक खनेका हुन् ।’ मेयर रिजालले भने–‘यसरी नै काम गर्ने हो भने समृद्ध नगरपालिका बन्न छेरै समय लाग्दैन ।’
अन्य क्षेत्रमा पनि सडक निर्माणका काम धमाधम भइरहेका छन् । यद्यपि गुणस्तरलाई भने ध्यान नदिइएको स्थानीयले बताएका छन् ।