नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ७–तापखोलामा सडक पुल सिलान्यास भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी केपिलासगढी गाउँपालिका–३ बास्पानी जोड्ने सडक पुल असार ६ गते सिलान्यास भएको हो ।
उक्त सडक पुलको प्रदेशसभा सदस्य राजन राईले औपचारिक रुपमा शिलान्यास गरेका हुन् । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यक्रम प्रदेश नम्बर १ नेपाल, उदयपुरको लगानीमा पुल निर्माणको काम सुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । करिब सात करोड ६१ लाख २४ हजार पा“च सय ४३ रुपैयाको लागतमा ३५ मिटर लम्बाई र ८ दशमलव ४० मिटर चौडाईको बन्ने छ ।
गत जेठ–८ गते पुल निर्माणको काम जिम्मा लिएको रौता–रोशन–सुशम–आदित्य जेभीले वि.सं. २०७८ साल मङ्सिर–७ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । तोकिएको मितिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम थालिएको ठेकेदार कम्पनीका प्रतिनिधि लक्ष्मण बस्नेतले बताए ।
पुल शिलान्यासमा नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, गाउँपालिका प्रमुख कृष्णकुमार राई, उपप्रमुख हिरादेवी वन, राजनीतिक दलका नेता, प्रशासन, सुरक्षा प्रमुख लगायतको सहभागिता थियो । २०६६÷०६७ सालमा निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दिक्तेल–खार्मी–बाक्सिला सडक खण्डको तापखोलामा ढिलै भए पनि पक्की पुल निर्माण हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।
२०६६ सालमा साविक खार्मी गाविसको १४ लाख बजेटबाट निर्माण सुरु गरिएको उक्त सडक २०७७ सालमा पूरा भएको हो । निर्माण सम्पन्न भएको लामो समयसम्म ढुवानीका सवारी साधन मात्र सञ्चालन हुँदै आएको सो दिक्तेल–खार्मी–बाक्सिला सडक खण्डमा गत वर्षदेखि नियमित बस तथा सुमो सेवासमेत सुरु भएको छ । हिउँदभर करीब छ महिनामात्र सञ्चालन हुने सो सडक खार्मीको अधिकांश क्षेत्रका स्थानीय बासिन्दासँगै पाथेका, बास्पानी, बाक्सिला, सप्तेश्वर, सुङ्देल, दिप्सुङ लगायतका स्थानीय बासिन्दाले उपयोग गर्दै आएका छन् ।
कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी–बाक्सिला सडक स्तरोन्नतिका लागि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको नगर प्रमुख रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित