सुत्केरीको उद्धार

  • प्रकाशित मितिः असार ४, २०७७
  • 1050 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ४–एक सुत्केरीलाई हलिकोप्टरद्वारा उद्धार गरिएको छ । जन्तेढुङ्गा गाउ“पालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीया अनिता राईलाई असार ४ गते उद्धार गरिएको हो ।
बच्चा जन्मिएपछि सालनाल नझरेपछि हेलिकोप्टरमार्फत प्रसूतिगृह थापाथली पठाइएको हो । लकडाउनमा सुत्केरी भएकी तारालाई महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।
सुत्केरी गराउन स्वास्थ्यचौकी खोटाङबजार पुगेकी उनले असार ३ गते राती १ बजे छोरी जन्माएकी हुन् ।
रक्तश्रापले राईको स्वास्थ्यमा जटिलता देखिएकाले बेलैमा हेलिकोप्टर ल्याउने प्रयास भए पनि प्रतिकूल मौसमका कारण केही ढिलाइ भएको थियो ।
तस्बिर सौजन्य : अर्पणा शर्मा

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित