दिक्तेल बजारको ढलान धमाधम, असारमै सक्ने लक्ष्य

  • प्रकाशित मितिः असार २, २०७७
  • 1222 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २–दिक्तेलबजारको सडक ढलान (आरसीसी)का लागि काम धमाधम भइरहेको छ । दिक्तेलको किरातचौकदेखि संगमटोलसम्म सडक ढलानको कामले तिब्रता पाएको हो ।
शहरी विकास तथा भवन निर्माण विभागको करिब तीन करोड २८ लाख रुपैया“(भ्याट बाहेक) को लागतमा बजारको सडक ढलान भइरहेको हो । उक्त कामको ठेक्का दीब्यजोति÷आइडी रुजन जेबी निर्माण कम्पनीले लिएको हो । उक्त बजेटले छ सय ७५ दशमलव १६ घनमिटर सडक ढलान गरिने निर्माण कम्पनी सम्बद्ध साइड इन्चार्ज राजन पुडासैनीले बताए । उनका अनुसार रत्नपार्कस्थित किरात चौकदेखि करिब संगमटोलसम्मको सडक ढलान हुने छ । यसमध्ये संगमटोल क्षेत्रमा करिब ७५ मिटर ठलान भइसकेको निर्माण कम्पनी सम्बद्ध ध्रुब श्रेष्ठले बताए । उनका अनुसार मसान्तभित्रै काम सकिने छ । गत बैशाख १२ गते संझौता गरी काम थालिएको श्रेष्ठले सुनाए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अनुसार दिक्तेल बजारको सडक निर्माणको डिपिआर निर्माण गरी काम सुरु गरिएको हो । यसअन्तरगत यो पहिलो चरणको काम हो । त्यसपछि लगत्तै साउनबाट अर्को चरणको काम सुरु हुने नगरप्रमुख रिजालले सुनाए । रिजालका अनुसार अर्को चरणको सडक निर्माणमा नौ करोड ७० खर्च हुने छ । दिक्तेल बजारको सडक निर्माण गर्न बनाइएको डिपिआरमा करिब १८ करोड रूपैया“ खर्च हुने देखिएको छ ।
दिक्तेलकै त्रिवेणीचौकदेखि भवनगैरा–लोकसेवा आयोगसम्मको सडकको काम पनि धमाधम भइरहेको छ । करिब एक करोड तीन लाख रूपैया“ (भ्याट सहित)को लागतमा त्रिवेणीचौकदेखि लोकसेवासम्म तीन सय ६० घनमिटर सडक ढलान (आरसीसी) गर्ने गरी खोटाङ हलेसी–गोल्डेन फ्युचर जेवी निर्माण कम्पनीले काम सुरु गरेको हो । उक्त सडकको काम पनि असारभित्रै सकिने निर्माण कम्पनी सम्बद्ध खगेन्द्र राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित