भूमिका न्यौपाने–
खोटाङ, जेठ २७–खोटेहाङ गाउ“पालिका–३ सावाकटहरेमा एक आपसमा झगडा हुदा २८ वर्षीय सन्तोष राईको ज्यान गएको छ । जेठ २६ गते राती १२ बजे एक आपसमा झगडा हुदा उनको ज्यान गएको हो ।
उक्त घटनामा संलग्न आशंकामा ६ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । यद्यपि यसमध्ये को–को संलग्न छन् भन्ने अनुसन्धानपछि खुल्ने इलाका प्रहरी कार्यालय खोटाङ बजारका प्रहरी निरीक्षण सूर्यनारायण माझीले बताए । ‘घटनास्थलमा बुझ्दा विद्यालय बनाउ“ने विषयमा सामान्य विवाद भएको बुझिएको छ ।’ माझीले भने–‘नियन्त्रणमा लिइएकाहरुमा अनुसन्धानपछि मात्र तथ्य खुल्छ ।’
माझीका अनुसार घटनास्थलमा काठका चिर्पट र बासका भाटा फेला परेका छन् । मृतकको शव पोष्टमार्टमका लागि चिसापानीस्थित प्राथमिक स्वास्थ्य चौकीमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित