जाजरकोट नरसंहारको विरोधमा दिक्तेलमा मसाल जुलुस

  • प्रकाशित मितिः जेठ २६, २०७७
  • 1348 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २६–जाजरकोटको नरसंहारको विरोधमा खोटाङस्थित संयुक्त संघर्ष समितिले दिक्तेल बजारमा जेठ २६ गते साझ मसाल जुलुस प्रदर्शन गरेका छन् । आफ्नो प्रेमीका लिन पश्चिम रुकुम पुगेका नवराज विश्वकर्मा सहित उनका ६ जना साथीहरुको जेठ १० गते हत्या गरिएको विरोधमा दिक्तेलको पोखरीस्थित सरस्वती आधारभूत विद्यालयदेखि मसाल जुलुस प्रदर्श गरेका हुन् ।
प्रदर्शनकारीले गृहमन्त्रीको राजिनामा, रुकुम घटनाका दोषीलाई कारबाही, राज्यको सबै तहमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी लगायतको माग गर्दै दिक्तेलबजारमा नाराबाजी गरे । पोखरीबाट सुरु भएको मसाल जुलुस पुरानो बैंकचौक नपुग्दै प्रहरीले निभाएको थियो । विभिन्न माग सहित नाराबाजी गर्दै दिक्तेलको बेसक्याम्पसम्म जुलु्स लगाएका थिए । त्यसपछि त्रिवेणीचौकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई संवोधन गर्दै संघर्ष समितिका संयोजक दीपक ठटालले उद्देश्य प्राप्ति नभइन्जेलसम्म कसैले पनि आन्दोलन रोक्न नसक्ने बताए । यसका लागि दलित तथा अन्य सबै तह तप्काले साथ दिने ठटालले विश्वास व्यक्त गरे । कोणसभालाई सम्वोधन गर्दै खोटाङ दलित मञ्चका अध्यक्ष तथा संघर्ष समितिका सदस्य मिलन चाहरले दलितहरुको अधिकार सुनिश्चित हुनु पर्नेमा जोड दिए ।
उक्त संघर्ष समितिले आगामी जेठ ३० गते दलितहरुद्वारा निर्मित हतियार प्रदर्शन गर्ने संघर्ष समितिका सदस्य मिलन चाहारले बताए । यसअघि
खोटाङ दलित विकास मञ्च लगायत विभिन्न दलित संघसंगठन, जातीय मोर्चा तथा अभियानकर्मीहरुले १६ गते प्रशासनमा ज्ञापनपत्र, २१ गते प्रशासनमा धर्ना ¥याली र त्रिवेणीचौकमा श्रद्धान्जलीसभा, २५ गते जिल्लाका स्थानीयतहरुमा ज्ञापन पत्र बुझाएका थिए ।
तस्बिर : सन्जीव राई

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित