जबरजस्ती करणी मुद्दामा जेल चलान

  • प्रकाशित मितिः जेठ २५, २०७७
  • 1408 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २५– जवरजस्ती करणी मुद्दामा केपिलासगढी गाउ“पालिका–७ सुङ्देलका २० वर्षीय सागर राई पुर्पक्षका लागि थुनामा गएका छन् । १९ वर्षकी युवतीमाथि जवरजस्ती करणी गरेको अभियोगमा अदालतबाट भएको थुनछेक आदेशमा राईलाई कारागार पठाइएको हो ।
अदालतबाट एक लाख नगद धरौटी बुझाउ“न वा सो बराबरको जमानत राख्नका लागि थुनछेक आदेश भएकामा धरौटी वा जमानत राख्न नसकेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका हुन् । उनीमाथि जेठ ७ गते युवतीमाथि जवरजस्ती गरेको अभियोग रहेको अदालतका निमित्त श्रेष्तेदार मनकुमार राईले बताए ।
जवरजस्ती गर्नमा सहयोग गरेको अभियोगमा उक्त ठाउ“का नगेन्द्र भनिने २५ वर्षीय योसेफ राई २५ हजार धरौटी बुझाएर तारिखमा छुटेका छन् । यस्तै सहयोग गरेकै अभियोगमा १७ वर्षका नावालकलाई भने अदालतले खोजेको समयमा उपस्थित हुने गरी छाडेको जनाएको छ । पीडित पक्षको उजुरीका आधारमा उनीहरुलाई जेठ ९ गते प्रहरीले पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित