बृद्ध दम्पत्ती माथि खुकुरी प्रहार, श्रीमानको मृत्यु, श्रीमती गम्भिर घाइते

  • प्रकाशित मितिः जेठ २५, २०७७
  • 753 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २५–खुकुरी प्रहारबाट केपिलासगढी गाउ“पालिका–२ खार्तम्छाका ६५ वर्षीय डिल्लीराज राईको ज्यान गएको हो । उनकी ६२ वर्षीया श्रीमती साममाया“ राईलाई पनि खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी छन् ।
जेठ २५ गते विहान करिब साडे ८ बजेतिर भएको उक्त घटनामा संलग्न स्थानीय ३६ वर्षीय शुभराज राई पक्राउ परेको खोटाङका प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाले बताए । उनका अनुसार घाइते राईको उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइदै गरेको डिएस्पी चिमोरियाले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित