नमस्ते खोटाङ संवाददाता–
खोटाङ जेठ २३–जिल्लाको चार स्थानीय तहमा १५ शैयाको अस्पताल बन्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, केपिलासगढी गाउँपालिकाको बाक्सिला, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क र जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा १५ शैयाको अस्पताल बन्ने भएको हो ।
प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल र जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्ने सरकारको अवधारणा अनुसार पहिलो चरणमा चार स्थानीय तहका लागि बजेट विनियोजन भएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए ।
सांसद भट्टराईका अनुसार केपिलासगढी गाउँपालिकाका लागि तीन करोड ७० लाख, हलेसी तुवाचुङ नगरपालिका तीन करोड २८ लाख, जन्तेढुङ्गा गाउँपालिका लागि तीन करोड २८ लाख र ऐसेलुखर्क गाउँपालिकाका लागि तीन करोड दुई लाख बजेट विनियोजन भएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लामा एउटा मात्र १५ शैयाको जिल्ला अस्पताल र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित