अचाक्ली भाडा असुलेपछि भाडादर निर्धारण

  • प्रकाशित मितिः जेठ २०, २०७७
  • 1749 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २०–लकडाउनको बेला विरामी तथा काम विशेषले गाडी रिजर्भ गर्नु पर्दा यातायात व्यवसायीहरुले अचाक्ली भाडा असुलेको गुनासोपछि भाडा दर निर्धारण गरिएको छ । जेठ २० गते बसेको कोभिड १९ नियन्त्रण तथा रोकथाम जिल्ला समन्वय समितिको बैठकले भाडा दर निर्धाण गरेको हो ।
खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलका अनुसार विरामी तथा जरुरी कामका लागि काठमाडौं तथा विराटनगर जानु परे यातायात व्यवसायीहरुले अचाक्ली रुपमा भाडा असुल्ने गरेको गुनासोपछि भाडा दर समेत निर्धारण गरिएको हो । यसअनुसार दिक्तेल–विराटनगर–दिक्तेल बीस हजार (सानो गाडी रिजर्भ) र दिक्तेल–काठमाडौं–दिक्तेल १८ हजार (सानो गाडी रिजर्भ) निर्धारण गरेको छ ।
जिल्लामै कोरोना परीक्षण ल्याब राख्न माग गर्ने निर्णय :
कोरोना भाइरस परीक्षण ल्याब स्थापना गर्न माग गर्ने निर्णय भएको छ । बैठकले ल्याव अभावमा बेलामा पीसीआर परीक्षण हुन नसकेको निस्कर्ष निकाल्दै जिल्लामै पीसीआर ल्याव सञ्चालन गर्न प्रदेश र संघीय सरकारलाई माग गर्ने निर्णय गरेको हो । जिल्लाबाट पठाइएको स्वाब बेलामा परीक्षण नहुदा समस्या भएकाले जिल्लामै ल्याब स्थापना गरी कोरोना भाइरस परीक्षणमा सहज बनाउन यस्तो निर्णय गरिएको प्रजिअ शर्मा पौडेलले बताए । यद्यपि यसका लागि जिल्ला अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैठकको निर्णयपछि ल्याब स्थापनाको माग गरिने प्रजिअ शर्मा पौडेलले बताए ।
यसबाहेक जिल्लामा विकास निर्माणका कामले गति लिएको र यसका लागि दक्ष प्राविधिक नभएकाले अन्यत्रबाट ल्याउदा सकेसम्म पीसीआर गर्ने र नसके आरडीटी अनिवार्य रुपमा गरेर ल्याउनु पर्ने समेत निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित