रोशन परियार–
ठिकै भन्यौ
उसको मन ढुङ्गाको रहेछ
र त
बार–बार ठोक्किएँ
आक्रोशका खुनहरु उम्लिए
दुखाईका धुनहरु गुञ्जिए
समय–समयमा
कानुनका कानहरुलाई सुनाइरहें
बेथितिहरुमा निर्मला पन्तको आँशुलाई गुन्गुनाएँ
विभेदहरुमा नवराज विकको रगतलाई सुम्सुम्याएँ
मैले काटिएको जिब्रोबाट अधिकारको आलाप तानिरहें
बाँधिएको घाँटीबाट मुक्तिको लय निकालिरहें
युग परिवर्तनको सिङ्गो सरगम गाइरहें
अपसोच
मदिराहरुको भजन पिएर
अत्याधुनिक इयरफोनमा, चर्को आवाजले
उसका कानहरु त
उलाला.... उलाला सुनिरहेका हुँदा रहेछन्
हो रहेछ
उसको मन त ढुङ्गा कै रहेछ
र बेला–बेला ढुङ्गामाथि बसेर
छेपारो घाम ताप्दो रहेछ ।।।
प्रकाशित मिति २०७७ जेठ १६
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित