नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १६–केपिलासगढी गाउ“पालिका वडा नं १ फेदीले दुर्लभ रेडपाण्डाको फोटो र भिडियो उपलब्ध गराउनेलाई पुरस्कृत गरेको छ । स्थानीय छिमालुङ सामुदायिक वनमा रहेको लोपोन्मुख रेडपाण्डाको फोटो र भिडियो उपलब्ध गराउने स्थानीय पञ्चकेशर राईलाई गत जेठ १४ गते पुरस्कृत गरेको हो ।
वडा सचिव ध्रुबराज राईका अनुसार वडा कार्यालयले रेडपाण्डा संरक्षणका लागि सूचना जारी गरी फोटो तथा भिडियो उपलब्ध गराउनेलाई सात हजार पा“च सय नगद पुरस्कार दिइने घोषणा अनुरुप राईलाई पुरस्कृत गरिएको हो । स्थानीय जङ्गलहरुमा लोपोन्मुख रेडपाण्डा छ भन्ने जानकारीपछि त्यसको संरक्षणका लागि फोटो तथा भिडियो उपलब्ध गराउ“नेलाई पुरस्कार दिने वडा कार्यालयले घोषणा गरेको वडा सचिव राईले सुनाए । ‘रेडपाण्डा संरक्षण सुरु गरेको र यसलाई होस्टेमा हैसे गर्न वडा कार्यालयले पुरस्कार दिएको हो ।’ वडा सचिव राईले भने–‘रेडपाण्डा संरक्षणका अन्य कार्यक्रमहरु पनि सञ्चालन गरिने छ ।’
रेडपाण्डा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका, केपिलासगढी गाउ“पालिका–१ फेदी, वडा नं ७ सुङ्देलका विभिन्न जङ्गलहरुमा पाइन्छ ।
तस्बिर सौजन्य : धु्रबराज राई
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित