रोकिएन अवैध ढुङ्गा खानी

  • प्रकाशित मितिः श्रावण ६, २०७५
  • 1257 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ,साउन ६–‘सिंहदरबारको अधिकार गाउ“–गाउ“मा’ पुगेको एक वर्ष पुगेको छ । सिंहदरबारको कानुन स्थानीय तहमा आएको छ । यद्यपि केही विषयमा त्यसको प्रत्याभुति भने हुन सकेको छैन । कानुनको धज्जी उडाइएको भन्दै स्थानीयले गुनासो गरेका छन् । यसको एउटा उदाहरण हो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक पर्यटकीय मझुवागढी क्षेत्रमा भएको प्राकृतिक श्रोत दोहनको । प्रशासन र जनप्रतिनिधिकै आ“खा अगाडि अवैध रुपमा सञ्चालन गरिएको ढुङ्गा–गिटी खानी अझै बन्द हुन सकेको छैन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय  मझुवागढी क्षेत्रमा सञ्चालित अवैध ढुङ्गा–गिटी खानी बन्द गराउ“न स्थानीयले अनुरोध गर्दा समेत बेवास्ता गरिएको हो । 
अवैध रुपमा ढुङ्गा–गिटी खानी सञ्चालनपछि धार्मिक तथा पर्यटकीय मझुवागढी क्षेत्रमा रहेको कालिका भगवती, बुद्धेश्वर गुफा र किरात ऐतिहासिकस्थल मझुवागढी संकटमा परेको छ । यसबारे स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई अवैध ढुङ्गा खानी सञ्चालन बन्द गर्न स्थानीयले साउन ४ गते निवेदन पेश गरेका छन् । यसप्रति पटक–पटक जानकारी गराउ“दा समेत बेवास्ता गरेको स्थानीय नेत्र कटवालले बताए ।    
स्थानीयले भने प्रशासनदेखि जनप्रतिनिधि समेत खानी सञ्चालनमा संलगन रहेको आरोप लगाएका छन् । ‘सिडिओ, डिएस्पी र नरपालिकालाई पटक–पटक खानी बन्द गर्दा पनि बेवास्ता गरियो ।’ कटवालले भने–‘हाम्रो गुनासो सुनाई नहुनुमा प्रशासनदेखि जनप्रतिनिधिसम्मको संलग्नता छ ।’
अवैध खानीमा ब्रेकर प्रयोग गरिएकाले मझुवागढी आसपासमा पानीको मुहान समेत सुकेका छन् । यस बाहेक ब्रेकर लगाएर ढुङ्गा–गिटी दोहनले यसक्षेत्रमा पर्ने काडे मुहान, जुकेपानी, कालिमाटी धारा र चेरे खोलाको पानी सुकेको छ । पानीको मुहान सकेपछि स्थानीयलाई सास्ती भएको स्थानीयले बताएका छन् । लामो समयदेखि ढुङ्गा–गिटी दोहनले दिक्तेल–खानीडा“डा र दिक्तेल–मेघेचौतारो सडक यात्रा जोखिम छ । ब्रेकरले  कतिपय ठाउ“मा सडकको पर्खाल भत्किएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले भने अवैध खानी तत्काल रोक्ने बताए । स्थानीयले भने राजनीतिक आडमा अवैध खानी सञ्चालन गरिएको र खानी सञ्चालकलाई कानुनी कारबाही गर्नु पर्ने बताएका छन् । 
त्यसो त मझुवागढी क्षेत्र जिल्ला समन्वय समिति खोटाङका संयोजक बबि चाम्लिङकै निर्देशनमा ध्वस्त पारिएको छ । सडक खन्ने बहानामा वन फडानी तथा मझुवागढी क्षेत्रको प्राकृतिक संरचना ध्वस्त गर्नेलाई कारबाही गर्न सम्वन्धित निकाय लाचार देखिन्छ । जिल्ला वन कार्यालय खोटाङले वन विनासमा संलग्नमाथि कारबाही गर्न आनाकानी गरेको हो । सशस्त्र प्रहरी वल हलेसी गुल्मदेखि कालिका भगवती मन्दिर हुदै मझुवागढी क्षेत्रसम्म सडक खन्ने बहानामा देविस्थान सामुदायिक वन विनास गर्नेमाथि कारबाही गर्न नसकेको हो ।
प्रक्रिया नपु¥याई देविथान सामुदायिक वन क्षेत्रमा सडक खनिएको र सडक खन्ने नाममा ठूलो मात्रमा अवैध रुपमा वन फडानी भएको जिल्ला वन कार्यालय खोटाङले लगत सङ्कलन गरेको थियो । यसमा जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङ, सशस्त्र प्रहरी वल हलेसी गुल्मका जवानहरु सहित संलग्न रहेको खुलासा भएको छ । जिल्ला वन कार्यालय श्रोतका अनुसार पहु“चवाला व्यक्ति वन फडानीमाा संलग्न रहेकाले प्रक्रिया बढाउन नसकेको हो । 
जिल्ला वन कार्यालयका अधिकृत भक्त लामाको नेतृत्वको टोलीले विभिन्न प्रकारका भण्डै चार सय रुख–विरुवा नष्ट भएको प्रतिवेदन तयार पारेका छन् । प्राकृतिक संरचना नास हुने गरी मझुवागढी क्षेत्रको सडक निर्माणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको डोजर प्रयोग गरिएको खुलासा भएको थियो । यसबारेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले भने अनभिज्ञता व्यक्त गरेका थिए । 
स्थलगत रिपोर्टिङको क्रममा सशस्त्र प्रहरी बल हलेसी गुल्मका करिब दर्जन बढी जवान खटिएका थिए । कालिका भगवती मन्दिर क्षेत्र हुदै मझुवागढी र त्यहा“बाट जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङको गाउ“ जोड्ने सडक खनिदा प्राकृतिक संरचना नास हुनका साथै ठूलो मात्रामा वन विनास भएकाले संलग्नलाई कारबाही हुनु पर्ने स्थानीयको गुनासो छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्रमा यत्तिको विनासमा जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङ, सुरक्षा निकाय पनि संलग्न रहेकाले कानुनी कारबाही हुनु पर्ने स्थानीयको गुनासो छ । नगरपालिकाले पर्यटनको केन्द्र विन्दुको रुपमा विकास गर्न मझुवागढी क्षेत्रको बृहत गुरुयोजना समेत पारित भएको अवस्थामा जनप्रतिनिधिको संलग्नतामै वन फडानी भएकाले यसप्रति चौतर्फी गुनासो छ ।
त्यसो त दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पर्यटनको केन्द्र विन्दुको रुपमा विकास गर्न मझुवागढी क्षेत्रको बृहत गुरुयोजना बनाएको छ । मझुवागडीको संरचना निर्माण, कालिका भगवती मन्दिरको पुनर्संरचना निर्माण, बुद्धेश्वर गुफा आसपासको संरचना निर्माण, धार्मिक सहिष्णुताका लागि गुम्बा निर्माण, भ्युटार निर्माण, वन्यजन्तु अवलोकनका लागि मिनिजु, जैविक विविधता संरक्षण, भलिबल खेल मैदान लगायतका योजना बनाएको छ । समग्र मझुवाक्षेत्रलाई का“डेतारले घेरा लगाउने भएको छ । त्यसभित्र पर्ने तीनतले ढुङ्गामुनिको वन क्षेत्रमा मिनिजु बनाउ“ने योजना पारित गरेको छ । वन्यजन्तुका लागि जुक्षेत्र लगायतका विभिन्न ठाउ“मा पोखरी बनाइने छ । वर्षामा पर्ने पानी जम्मा गरेर पोखरी बनाइने छ । यसले कालान्तरमा पानीको श्रोत बन्न सक्ने छ । सौचालय, धारा लगायतको संरचना पनि बनाइने छ । हाटडा“डाबाट उकालो लाग्ने पानीट्याङ्कीनेर र रा“गा आहालनेर प्रवेशद्वार बनाइने छ । 
प्रस्थानद्वार भने रा“गाआहालनेरको प्रवेशद्वारसंगै बनाइने छ । उक्त गुरुयोजनामा मझुवाक्षेत्रको करिब तीन सय रोपनी जग्गामा समेटिएको छ । यसमध्ये दुई सय ६९ रोपनी सरकारी जग्गा र अन्य भने निजी जग्गा परेको छ । निजी जग्गाको हकमा दान माग्ने, किन्ने वा सम्वन्धित जग्गा धनिले नै गुरुयोजनाका कार्यक्रम अनुसार उपभोग गर्ने नीतिगत गुरुयोजना गत  आर्थिक वर्षबाटै लागू गर्ने गरी पारित गरेको थियो । यद्यपि त्यस आधारमा काम भने भएको छैन । बरु मझुवागढी गुरुयोजना लागू गर्नुको साटो विनासमा संलग्नमाथि कारबाही समेत नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित