विकासका कामले गति लियो

  • प्रकाशित मितिः जेठ ३, २०७७
  • 1009 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ३–लकडाउनकै बेला जिल्लामा विकास निर्माणका कामले गति लिएको हो । विकासे योजनाहरु सञ्चालनका लागि लडकाउन खुकुलो बनाइएका पछि सडक, सिंचाइ, भवन लगायतका निर्माणका कामले गति लिएको हो ।
राज्यले नै विकास निर्माणका लागि काम गर्ने वातावरण दिनु भनेपछि उनीहरुका लागि लकडाउन खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताए । काम गर्ने वातावरण सिर्जना गरेपछि निर्माण व्यवसायीहरुले समेत निर्माण अवधिमै सक्नका लागि काम सुरु गरेको नेपाल निर्माण व्यवसायी संघ खोटाङका अध्यक्ष दिनेश पौडेलले बताए । उनका अनुसार सिंचाइ, भवन निर्माण, सडक लगायतका काम सुरु भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय भवन, जिल्ला आयुर्वेद कार्यँलय भवन, जिल्ला स्वास्थ्य कार्यालय भवन, दिक्तेल बहुमुखी क्याम्पस भवन, सव डिभिजन वन कार्यालय, विभिन्न वडा कार्यालयहरु लगायतका भवनहरु निर्माण सुरु भएका छन् । तीन करोढ ९० लाख रुपैया“को लागतमा निर्माणाधीन भवनको काम करिब ९० प्रतिशत सकिएको उक्त भवन निर्माण कम्पनी संलग्न सगरमाथा घिमिरे निर्माण सेवा सम्वद्ध कृष्ण घिमिरेले बताए ।
त्यस्तै प्रतिष्ठा कन्ट्रक्सनद्वारा सात करोड ३१ लाख रुपैया“को लागतमा निर्माणाधीन जिल्ला आयुर्वेद भवनको पनि काम सुरु भएको निर्माण कम्पनी सम्बद्ध भीषण राईले बताए । करिब दुई करोड ५१ लाख रुपैया“को लागतमा निर्माणाधीन जिल्ला स्वस्थ्य कार्यालयको भवन पनि अन्तिम चरणमा पुगेको उक्त भवन निर्माणमा संलग्न खानी निर्माण सेवा सम्वद्ध कुमार आचार्यले बताए ।
त्यसै गरी सव डिभिजन वन कार्यालयको भवन पनि निर्माण सुरु भएको छ । करिब ४७ लाख रुपैया“को लागतमा सक्ने गरी उक्त भवनको काम मोहन एण्ड बेसीगाउ“ले लिएको हो । त्यसै गरी दिक्तेल बहुमुखी क्याम्पसको भवन पनि निर्माण सुरु भएको छ । उक्त भवनको काम रोजनके मोहन एण्ड बेसीगाउ“ले लिएको हो । करिब एक करोढ ३६ लाख रुपैया“को लागतमा उक्त भवन निर्माण सुरु भएको हो ।
साकेला गाउ“पालिकाको मात्तिमस्थित गाउ“खर्क कुलो निर्माणका काम पनि धमाधम भइरहेको छ । करिब तीन करोड ५० लाख रुपैया“को लागतमा सक्ने गरी जगदम्बा–जगदम्बा रुजन निर्माण कम्पनीले ठेक्का लिएको हो । उक्त कुलोको काम ७० प्रतिशत सकिएको निर्माणमा संलग्न कर्ण खत्रीले बताए । त्यस्तै बाम्राङ सिचाइ आयोजनाको काम पनि धमाधम भइरहेको छ । तीन करोढ ५० लाख रुपैया“को लागतमा निर्माणाधीन उक्त कुलोको काम पनि ७० प्रतिशत पुगेको निर्माणमा संलग्न दिनेश पौडेलले बताए । यसबाहेक कुलो निर्माणका थुप्रै कामहरु पनि निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष पौडेलले सुनाए ।
सडकका कामहरु पनि निर्माणाधीन अवस्थामै छन् । दिक्तेल पुरानो बैंकचौक–झिसेपु सडक निर्माणका काम धमाधम भइरहेको छ । करिब ४७ लाख रुपैया“को लागतमा सक्ने गरी मुकुन्द इन्दिरा निर्माण कम्पनीले ठेक्का लिएको हो ।
त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र केपिलासगढी गाउ“पालिका–५ सप्तेश्वरको बीचमा पर्ने तापखोलामा निर्माणाधीन सडक पुल पनि अन्तिम चरणमा पुगेको छ । करिब तीन करोड ६४ लाख रुपैया“को लागतमा निर्माणाधीन सडक यसै आर्थिक वर्षमा सकिने भएको छ ।
यसबाहेक दिक्तेलबजारको सडक ढलान (आरसीसी)का लागि काम सुरु भएको छ । शहरी विकास तथा भवन निर्माण विभागको करिब तीन करोड २८ लाख रुपैया“(भ्याट बाहेक) को लागतमा बजारको सडक ढलान सुरु भएको हो । उक्त कामको ठेक्का दीब्यजोति÷आइडी रुजन जेबी निर्माण कम्पनीले लिएको हो । उक्त बजेटले छ सय ७५ दशमलव १६ घनमिटर सडक ढलान गरिने निर्माण कम्पनी सम्बद्ध साइड इन्चार्ज राजन पुडासैनीले बताए । उनका अनुसार रत्नपार्कस्थित किरात चौकदेखि करिब संगमटोलसम्मको सडक ढलान हुने छ ।
निर्माण कम्पनी सम्बद्ध ध्रुब श्रेष्ठका अनुसार आगामी असार मसान्तभित्रै काम सकिने छ । गत बैशाख १२ गते संझौता गरी काम थालिएको श्रेष्ठले सुनाए । लकडाउनकै अवधिमा सडक पिच गर्ने काम सक्ने गरी संझौता गर्नासाथ काम थालिएको श्रेष्ठले जनाए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अनुसार दिक्तेल बजारको सडक निर्माणको डिपिआर निर्माण गरी काम सुरु गरिएको हो । यसअन्तरगत यो पहिलो चरणको काम हो । त्यसपछि लगत्तै साउनबाट अर्को चरणको काम सुरु हुने नगरप्रमुख रिजालले सुनाए । रिजालका अनुसार अर्को चरणको सडक निर्माणमा नौ करोड ७० खर्च हुने छ । दिक्तेल बजारको सडक निर्माण गर्न बनाइएको डिपिआरमा करिब १८ करोड रूपैया“ खर्च हुने देखिएको छ ।
दिक्तेलकै त्रिवेणीचौकदेखि भवनगैरा–लोकसेवा आयोगसम्मको सडकको काम पनि धमाधम भइरहेको छ । करिब एक करोड तीन लाख रूपैया“ (भ्याट सहित)को लागतमा त्रिवेणीचौकदेखि लोकसेवासम्म तीन सय ६० घनमिटर सडक ढलान (आरसीसी) गर्ने गरी खोटाङ हलेसी–गोल्डेन फ्युचर जेवी निर्माण कम्पनीले काम सुरु गरेको हो । उक्त सडकको काम आगामी असारभित्र सकिने निर्माण कम्पनी सम्बद्ध खगेन्द्र राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित