लिपुलेक लगायतका सीमा अतिक्रमण रोक्न प्रधानमन्त्रीलाई ज्ञापन

  • प्रकाशित मितिः जेठ २, २०७७
  • 1256 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, जेठ २–समाजवादी पार्टी नेपाल खोटाङले लिपुलेक लगायतका सीमा अतिक्रमण रोक्न सरकारले दीर्घकालीन योजना बनाउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । उसले जेठ १ गते विभिन्न माग सहित खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको हो ।
नेपाल सरकारको नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माणको क्रममा भारतबाट अतिक्रमित नेपाली भूमि फिर्ता गराउनु पर्ने माग गरिएको छ । सडक निर्माणको अवधिमा नेपाल सरकार मौन रहनु र सडक निर्माणपछि मात्र सामान्य चासो देखाउनुले नेपालका प्रधानमन्त्री र नेपाल सरकारको उदासीनता र मौन बनेको उल्लेख छ । ज्ञापनमा नेपाल सरकारको यस किसिमको प्रबृत्तिको अन्त्य हुनु पर्ने समेत माग गरिएको छ ।
ज्ञापनमा लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रमा विगतदेखि भारत सरकारले सैनिक क्याम्प राखेको अवस्थामा नेपाल सरकारले उचित कदम नचालेको हुनाले पटक–पटक सीमा मिचिइरहेको उल्लेख गर्दै नेपाली सीमा भित्र रहेका भारतीय सैनिक क्याम्प यथासिघ्र हटाउन समेत उल्लेख छ ।
सुगौली सन्धी लगायतका प्रमाणका आधारमा सिमा समस्या समाधान गर्न राष्ट्रसंघ र अन्तर्राष्ट्रिय अदालतमा जान माग गरेको छ । महाकाली सन्धी लगायतका असमान सन्धी संझौताहरु खारेज गरी समानताका आधारमा नया सन्धी संझौताहरु गर्न, सम्पूर्ण नेपालीको देशभक्तिपूर्ण भावनाको उच्च कदर गर्दै नेपाल सरकारले यथासिघ्र सीमा समस्याको दीर्घकालीन समाधानका लागि पहल कदमी लिन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित