पा“च दिनेअघि बेपत्ता मृत फेला

  • प्रकाशित मितिः वैशाख २९, २०७७
  • 2091 पटक पढिएको
  • संवादताता

भूमिका न्यौपाने–
खोटाङ, बैशाख २९–
पा“च दिनअघि बेपत्ता खोटेहाङ गाउ“पालिका–७ खोटाङबजार फूलबारीका ५५ वर्षीय पदमबहादुर भुजेल मृत फेला परेका छन् । बैशाख २५ गते विहानदेखि बेपत्ता भुजेल बैशाख २९ गते बिहान खोटाङबजारकै मड्केना सामुदायिक वनमा मृत फेला परेका हुन् ।
खेतमा पानी लगाउ“न भन्दै बैशाख २५ गते विहान करिब नौ बजेतिर घरबाट हिडेको प्रहरीले जनाएको छ । चार दिनसम्म घर नआएपछि स्थानीय सहित प्रहरीले खोजी गर्दा सोमबार विहान सात बजेतिर मड्केना सामुदायिक वनको बाटो भन्दा करिब तीन सय मिटर तल मृत अवस्थामा फेला परेको खोटाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाले बताए । भुजेलको शव पोष्टर्माटमका लागि चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित