नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २६–केपिलासगढी गाउ“पालिका–२ खार्तम्छा चोखानेमा एक जनाको हत्या भएको छ । बैशाख २५ गते सा“झ करिब सात बजेतिर कुटपिटबाट ४७ वर्षीय पृतिलाल राईको ज्यान गएको हो ।
घटनामा संलग्न स्थानीय २७ वर्षीय मिलन राई र उनका २० वर्षीय भाइ जीवन राईलाई बैशाख २६ पक्राउ गरिएको छ । पक्राउपछि अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाले बताए । प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरुका आमा र दिदी (मृतककी सासु र श्रीमती) लाई २०६४ कात्तिक ३ गते हत्या गरी आठ वर्ष छ महिना खोटाङ कारागारमा जेल सजाय भुक्तानपछि निस्किएको खुलेको प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए । मृतक सुनसरीको तरहरामा बस्दै आएको प्रहरीले जनाएको छ । उनी लकडाउनअघि मात्र खार्तम्छा निस्किएको प्रहरीले जनाएका छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित