अनिकालको चपेटा

  • प्रकाशित मितिः बैशाख २६, २०७७
  • 1226 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २६–‘सरकार घरभित्रै बस भन्छ ।’ हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका अकिलकुमार राई भन्छन्–‘घरभित्र खाने कुरा छैन ।’ उनी थप्छन्–‘अब पनि सरकारले लकडाउन खोलेन भने समस्या विकराल भएर जाने छ ।’
उनीजस्तै थुप्रैको अवस्था नाजुक बन्दै गएको छ । गत वर्षको वर्षेबाली खडेरी र हिउदे बाली फौजी किरातले सखाप पारेपछि हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश ठाउ“मा अनिकालको चपेटा बढेको हो । लामो समयसम्मको लकडाउनले नगरक्षेत्रभित्रका मजदुरहरुले काम गर्न नपाएपछि थप समस्या भएको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडेन्द्र राईले बताए । वैदेशिक रोजगार तथा अन्य रोजगारमा संलग्नहरुका घरपरिवारमा पनि समस्या उस्तै छ । पैसा भए पनि किन्ने ठाउ“ नभएपछि भोकै बस्नु पर्ने अवस्था आएको उनीहरुको भनाई छ ।
हलेसी तुवाचुङ नगरपालिकाका ५८ सय ३६ घरपरिवारलाई खाद्य संकट भएको नगरप्रमुख इवन राईले बताए । ११ वटा वडा रहेको उक्त नगरपालिकामा गत वर्षको खडेरी र फौजी किराले धान तथा मकै सखाप पारेपछि अनिकाल खेप्नु परेको राईले सुनाए । ‘पोहोर वर्षमा खडेरी र हिउदमा फौजी किराले बाली सखाप पारेपछि अनिकालको समस्या आएको हो ।’ नगरप्रमुख राईले भने–‘यसका लागि प्रदेश र संघीय सरकारलाई पटक–पटक बिलौना पोख्दा समेत सुनुवाई भएन ।’
खाने अन्न त परैजाओस् विउ समेत नरहेपछि नगरपालिकाले यो वर्ष मकैको विउ वितरण गरेको नगरप्रमुख राईले जनाए । उनका अनुसार प्रतिघर चार केजीको दरले मकैको विउ वितरण गरिएको हो । तर पर्याप्त नभएको स्थानीयको गुनासो छ । कतिपय ठाउ“हरुमा विउ उपलब्ध गराउन नसकेर प्रतिकेजी ९० रुपैया“का दरले चार केजीको तीन सय ६० रुपैया“ दिइएको स्थानीयको भनाई छ । उक्त रकम मकैको विउ खरिद गर्न होइन रक्सी खाएर सकिएको उनीहरुको गुनासो छ ।
लकडाउनको बेला नगरपालिकाले आर्थिक अवस्था कमजोर भएकाहरुलाई नगरपालिकाले राहत वितरण गरे पनि हात्तिको मुखमा जिरा भएको स्थानीयको भनाई छ । नगरपालिकाले वडा नं २ डिकुवा, वडा नं ५ दुर्छिम, वडा नं ७ हलेसी, वडा नं १० अर्खौले र वडा नै ११ राजापानीलाई डेढ लाख, वडा नं १ बाहुनीडाडा“, वडा नं ३ च्यास्मिटार, वडा नं ६ मङ्गलटार र वडा नं ८ धितुङलाई एक लाख तथा वडा नं ४ बडहरे र वडा नं ९ सल्लेलाई ७५ हजार रुपैया“का दरले राहतका लागि विनियोजन गरेको थियो । उक्त रकमले तीन जनाभन्दा कम परिवार भएकालाई १५ केजीका दरले र तीन जना भन्दा बढी भएकालाई ३० केजीका दरले चामल उपलब्ध गराएको थियो । यो राहत पनि सकिएकाले अबको दिन संकटग्रस्त भएको खडेन्द्र राईको भनाई छ ।
त्यसो त छ वर्षअघि नै यो क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरिए पनि पम्पिङ प्रविधिको बृहत खानेपानी योजना बाहेक अन्य विकासका योजनाहरु सञ्चालन नभएको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुभन्ज्याङका अमेम्बर राईले बताए । पम्पिङ प्रविधिको खानेपानी राष्ट्रिय गौरवका आयोजना भए पनि सकिनु पर्ने अवधिमा अपूरै रहेकाले स्थानीयले विकासको अनुभूति गर्न नपाएको राईले भनाई छ । उक्त आयोजनाका उपभोक्ता समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख राईले भने आगामी असारसम्ममा सकिनु पर्नेमा लकडाउनका कारण म्याद थप्नु पर्ने अवस्था देखिएको बताए । उक्त आयोजनाको काम तीन भागमा भइरहेको छ ।
नगरप्रमुख राईका अनुसार महादेव–दिवा–खिम्ती जेवी निर्माण कम्पनीले दूधकोसीको महादेवबेसीदेखि हलेसी काभ्रे तथा दूधकोसीको कदुवादेखि भुम्जुसम्मको मेनलाइनको काम, रमण–सगरमाथा–घिमिरे जेवी निर्माण कम्पनीले दुर्छिम–मङ्गलटार–हलेसी पाइप लाइन विस्तार र लामा कन्ट्रक्सन निर्माण कम्पनीले डिकुवा–बाहुनीडाडा“–च्यास्मिटार–बडहरे पाइपलाइन विस्तारको जिम्मा लिए पनि काम भने अपूरै छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित