साउदीमा अलपत्र परेका ३८ नेपाली चार दिनदेखि भोकै

  • प्रकाशित मितिः श्रावण ४, २०७५
  • 1073 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, साउन ४–साउदी अरबमा अलपत्र ३८ नेपाली चार दिनदेखि भोकै भएको पीडितहरुले बताएका छन् । गत २०७४ साल फागुन १ गते साउदी अरब पुगेका ३८ नेपाली सम्झौता अनुसारको काम र तलब नपाउ“दा अलपत्र परेका उनीहरू गत सोमबार बेलुकीदेखि भोकै बस्न वाध्य भएका हुन् ।
खोटाङ जालपाका शेषन श्रेष्ठका अनुसार सोमबार बेलुकीदेखि भोकै भएका हुन् । उनीसंगै रहेका मकवानपुरका सूर्यबहादुर बमजनका अनुसार उनीहरुको खान, बस्न, पाकेको तलब उपलब्ध गराउन साउदीस्थित नेपालका लागि राजदुताबासले निर्देशन दिएको तर अहिलेसम्म उपलब्ध गराएको छैन । उनीहरुको सम्पूर्ण व्यवस्थापनका लागि वैदेशिक रोजगार विभागले सम्वन्धित मेनपावर कम्पनीलाई निर्देशन दिइसकेको श्रेष्ठले बताए ।  उनीहरु क्याट्रिङको कामका लागि भन्दै काठ्माण्डौं चाबहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमा मार्फत साउदी पुगेका थिए ।
साउदी पुगेयता नौ सय रियल मात्र पाएपछि नेपालीले एक दिन ड्युटी इन्कार गरेकाले कम्पनीले सडकमा निकालिदिएको हो । त्यसपछि खोटाङका धनीराम राई, अशोक तामाङ, अरुण तामाङ, राजन राई, जालपाका शेसन श्रेष्ठ, युवराज निरौला, डम्बर श्रेष्ठ, मेख निरौला, तेज श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रेमचन्द्र तामाङ, कमल गुरुङ, भीम तामाङ, सोलुखुम्बुका गणेश हिङमाङ, सन्तोषकुमार बस्नेत, देबेन्द्र बस्नेत, चन्द्रप्रसाद हिङमाङ, निराजन दमाई, मानबहादुर खड्का, राष्टकुमार राई, जयकुमार राई, टंकबहादुर कार्की अलपत्र परेका हुन् ।
यस्तै सिन्धुलीका चम्पक सुनुवार, दयाराम सुनुवार, भरत सुनुवार, मकवानपुरका साङ्गे ब्लोन, सूर्यबहादुर बम्जन, भोजपुरका सूर्यबहादुर तामाङ, सर्लाहीका भक्तबहादुर आलेमगर, शंकर बम्जन, म्याग्दीका डम्बर नेपाली, बाग्लुङका डम्बर सार्की, डडेलधुराका तेजबहादुर दमाई, कैलालीका नेता बन, दैलेखका दिपक गुरुङ, नारायण गिरी र रामेछापका केशब खड्का अलपत्र परेको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेबी विश्वकर्माले जनाइन् । 
क्याट्रिङको कामका लागि भन्दै काठ्माण्डौं चाबहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमा पठाइएका उनीहरुले काम गरेपनि तोकिएको समयमा तलव नपाएपछि सोमबार ड्युटी जान इन्कार गरेका थिए । तलव नदिएपछि एक दिन ड्युटी छुटाएकामा कम्पनीले कोठाबाट झोला, कपडा लगायत बन्दोबस्तीका सामग्री सडकमा निकालिदिएको जालपाका शेषन श्रेष्ठले बताए । काम गरेवापतको तलव असार ३१ गतेसम्ममा दिने शर्त कार्यान्वयन नभएपछि उनीहरुले एक दिन काम अस्वीकार गरेका थिए । अलपत्र युवाले युवाको उद्धारको माग गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित