जालपा क्वारेन्टाइनमा राखिएका सबैको रिपोर्ट नेगेटिभ

  • प्रकाशित मितिः बैशाख २४, २०७७
  • 1170 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ बैशाख–२४, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दोश्रो चरणमा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा सबैको नेगेटिभ देखिएको छ । उक्त नगरपालिकाको वडा नं १२ जालपामा बैशाख २४ गते २३ जनामा गरिएको परीक्षणमा सबैको नेगेटिभ देखिएको हो । उनीहरु काठमाडौंबाट आएका हुन् ।
प्रदेश सरकारले तीन सय ६० थान परीक्षण किट उपलब्ध गराएपछि जालपाको क्वारेन्टाइन राखिएकाहरुमा परीक्षण गरिएको हो । अन्य स्थानीय तहको क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका स्थानीयको क्रमशः ¥यापिड डाइग्नोस्टिक टेष्ट गरिने छ ।
जिल्लाका १० स्थानीय तहमध्ये दिप्रुङ, साकेला र रावाबेँसी गाउँपालिकामा जिल्ला अस्पतालबाटै स्वास्थ्यकर्मी पठाएर ¥यापिड डाइग्नोस्टिक टेष्ट गरिने छ । अन्य स्थानीय तहमा भने ल्यावमा काम गर्ने स्वास्थ्यकर्मी भएकाले किट पठाएर ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तयारी गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर शैलेस श्रेष्ठले बताए । पहिलो चरणमा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्टमा १ सय ४१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । ¥यापिड डाइग्नोस्टिक टेष्टका क्रममा जिल्लाबाट पठाइएका १७ जनाको नमूना (स्वाव)को पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित