नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २४–मुलुकमा कोरोना भाइरस संक्रमण बढ्दै गएकाले त्यसलाई रोक्न एउटा वडाका युवाहरु परिचालित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवाहरुले आफ्नो गाउ“ प्रवेशमा कडाई गरेका हुन् ।
लकडाउनको उलङ्घन गर्दै आवतजावत गर्नेको संख्या समेत बढेकाले स्थानीय युवाहरुले गाउ“ पस्ने विभिन्न नाकाहरुमा निगरानी बढाएको वडा सचिव चित्रकुमार सुवेदीले बताए । उनका अनुसार स्थानीय युवाहरु गाउ“ प्रवेश गर्ने १४ वटा नाकामा खटिएका छन् । लकडाउनमा पनि आवतजावत गर्नेहरुको संख्या बढ्दै गएपछि त्यसलाई रोक्न प्रत्येक नाकामा चार/चार जनाका दर युवाहरु स्वतः स्फुर्त परिचालित भएको वडा अध्यक्ष रामचन्द्र राईले सुनाए । राईका अनुसार बिहान ६ बजेदेखि बेलुका ६ बसेसम्म दैनिक १२ घण्टा युवाहरु गस्तीमा खटिएका हुन् ।
स्थानीय समेत एउटा टोलदेखि अर्को टोल आवजावत गर्न दिइएको छैन । ‘हरेक घरका युवा पालैपालो एक÷एक दिन नाकामा बस्ने गरी समिति बनाएरै खटिएका छन् ।’ वडा अध्यक्ष राईले भने–‘नाकामा खटिने युवालाई वडा कार्यालयबाट स्वयम्सेवक परिचयपत्र र मास्क उपलब्ध गराइएको छ ।’
घरमा बिहान खाना खाएर नाकामा खटिने युवा आफैले दिउसोको लागि भुटेको मकै, सातु तथा अन्य खाजा लिएर जाने गरेको राईले सुनाए । उनीहरुले गम्भीर किसिमका बिरामी र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधन बाहेक पैदल यात्रुलाई समेत रोक लगाएका छन् ।
उनीहरुले मुख्य चोक तथा बाटोमा प्रवेश निषेध लेखिएको सूचनाटा“सेरै परिचालित भएका हुन् । दिक्तेलबाट खार्मी प्रवेश गर्ने देउराली, पाथेकाबाट प्रवेश गर्ने देखुमेखोलाको पुल, जालपाबाट प्रवेश गर्ने लुम्जुखोला, रुपाकोटबाट प्रवेश गर्ने ढिकाडाडा“, केपिलासगढी गाउ“पालिकाबाट प्रवेश गर्ने रुधालुङ र तुर्खा पुछारमा टोली खटिएको वडा सचिव सुवेदीले बताए । एउटा टोलदेखि अर्को टोल प्रवेशमा रोक लगाउन बा“झोबारी, झि“गुचोक, रुयल, निगाले, गुरुङगाउ“, जागित्राडाडा“, बिखर्कु लगायतका ठाउ“मा समेत युवाको टोली परिचालन भएका छन् । उनीहरुले कोरोना भाइरससम्बन्धी जनचेतना अभिवृद्धि समेत गरिरहेको वडाअध्यक्ष राईले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित