खोलाले बगाएर बालिकाको मृत्यु

  • प्रकाशित मितिः बैशाख २३, २०७७
  • 865 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २३–खोलाले बगाएर एक बालिकाको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाडा“का सुक्रराज रोकाकी १४ वर्षीया छोरी अम्बिका रोकाको ज्यान गएको हो ।
बैशाख २२ गते दिउसो बाख्रा चराउ“न गएकी किशोरीलाई स्थानीय साप्सु खोलाले बगाएको खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए । दिउसो तीन बजेतिर खोलाले बगाएको जानकारीपछि निर्मलीडाडा“स्थित प्रहरी टोली सहितको स्थानीयले खोजतलास गर्दा एक किलोमिटर तल मृत अवस्थामा फेला परेकी हुन् । उनको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित