नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २०–दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले योजनाको रकम कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा खर्च गर्ने निर्णय गरेको छ । गत बैशाख १६ गते बसेको गाउ“ कार्यपालिकाको बैठकले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरेर खर्च गर्ने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७५÷०७६ मा भुक्तानीमा कडाई गरेर विभिन्न योजनाबाट सञ्चित कोषमा जम्मा गरिएको दुई करोड ६३ लाख ६० हजार दुई सय ७५ रुपैया“मध्ये ७० लाख रूपैया“ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कोषमा जम्मा गरेर खर्च गर्ने निर्णय गरेको गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईले बताए । ‘यो रकम कोरोना भाइरस नियन्त्रणमा खर्च गरिने छ ।’ अध्यक्ष राईले भने–‘अहिलेसम्म खर्च गरिएको २० लाख रकम विपद् व्यवस्थापन कोषको रकम पनि यसैबाट श्रोत भर्ना गरिने छ ।’
चालु खाताबाट एक करोड ४० लाख तीन १२, केन्टेन्जेन्सीबाट २४ लाख ९९ हजार आठ सय १० रुपैया“ र पुजीगत खाताबाट दुई करोड ७२ लाख ५३ हजार सात सय ७६ रुपैया“ गरी चार करोड ३७ लाख ५३ हजार आठ सय ९८ रुपैया“ सञ्चित कोषमा जम्मा भएको गाउ“पालिका उपाध्यक्ष सपना राईले सुनाइन् ।
भुक्तानीमा कडाई गरेर जम्मा भएको रकम विपत्तीमा उपयोगी भएको गाउ“पालिका अध्यक्ष राईले बताए । ‘विभिन्न योजनाबाट जोगाएर सञ्चित कोषमा रकम जम्मा गरेको रकम नै कोरोना भाइरस विरुद्धको अभियानमा खर्च गर्ने निर्णय गरिएको हो ।’ अध्यक्ष राईले भने–‘विपत्तीको बेला सन्चित रकमले ठूलो काम ग¥यो ।’
अधिकांश योजनाको बजेट भुक्तानी दिने परिपार्टीका बीचमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भने प्राविधिक नापजाँचका आधारमा मात्र भुक्तानी दिँदा करोडौं रकम सञ्चित कोषमा जम्मा गर्दैआएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित