सम्झनामा दिलकाजी इन्दिरा

  • प्रकाशित मितिः श्रावण ४, २०७५
  • 2945 पटक पढिएको
  • संवादताता

विनोद आचार्य–
खोटाङ जिल्लाको तत्कालीन निर्मलीडा“डा गाविस वडा नं–१ निवासी बुवा नरबहादुर कार्की र आमा जयन्तादेवी कार्कीका दश छोरी र चार छोरामध्ये साइलो छोरा दिलकाजी कार्की २०२३ साल साउन ३१ गतेका दिन जन्मनु भएको थियो । बुवा निजामती सेवामा कार्यरत हुनु भएको हुनाले पारिवारिक वातावरण सहज थियो । बाल्यकाल सहज तरिकाले बित्यो । बाल्यकालदेखि नै जिज्ञासु र विद्रोही स्वभावका कार्की समाजमा भएका अन्याय र असमानताको अन्त्य हुनु पर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो । त्यही मान्यताले गर्दा मनोकामना जनकल्याण मावि पढ्दै गर्दा अन्याय र असमानताको अन्त्य गर्ने लक्ष्य सहित अखिल छैटौंको प्राक सचिव हुनु भयो । पञ्चायती तानाशाहको बर्बर दमनको विरुद्ध संघर्ष गर्दै जानु भयो । निमाविको पढाई सकेर सरस्वती मावि दिक्तेलबाट एसएलसी पास गर्नु भयो । २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै २०४५ देखि ४७ सालसम्म महेन्द्रोदय प्रावि निर्मलीडाडामा शिक्षण गर्दै दिक्तेल बहुमुखी क्याम्पसबाट आइए उतीर्ण गरी २०४८ सालमा काठमाडौंको आरआर क्याम्पसमा बिए अध्ययनरत रहदा अखिल छैटौंको इकाई सचिव भएर कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्दै राजनीतिमा सक्रियताका साथ लाग्नु भयो ।
खोटाङ जिल्ला तत्कालीन चिउरीडा“डा गाविस वडा नं–७ निवासी बुवा केशरबहादुर थापा र आमा नरमाया थापाका तीन छोरा र तीन छोरीमध्ये जेठी सन्तानका रुपमा मिति २०३० चैत १५ गते जन्मिनु भएकी इन्दिरा थापासंग २०४९ सालमा संस्कार अनुसार विवाह गर्नु भयो । तत्कालीन कांग्रेसी सरकारले सर्वसाधारण जनता र कम्युनिष्ट भएकै भरमा गरिएको ज्याजतीको विरुद्ध संघर्ष गर्न काठमाडौंको पढाई र पारिवारिक जीवनलाई परराखेर संयुक्त जनमोर्चाको नेतृत्व गर्दै आन्दोलनमा होमिनु भयो ।
उहा“को राजनीतिक जीवनमा जीवन संगीनी इन्दिरा थापाले सक्दो साथ सहयोग गरिनै रहनु भयो । २०५१ सालमा तत्कालीन संयुक्त जनमोर्चाको जिल्ला अध्यक्ष भई जनयुद्धको तयारी गर्न सक्रियताका साथ लाग्दै २०५२ साल फागुन १ बाट जनयुद्ध सुरु हुदा बाबु घिसिङको नेतृत्वमा रहेको जिल्ला समितिमा रहदै दुई छोरी र श्रीमतीलाई घरमा छोड्दै भूमिगत राजनीति सुरु गर्नु भयो । २०५४ सालमा पूर्वी ब्युरो क उपब्युरोका सदस्य हुनु भयो । २०५५ पुस २७ गते खोटाङका जनयुद्ध सुरु गर्दाका नेता ठूलकुमार श्रेष्ठको उदयपुरको तावाश्रीमा तत्कालीन सरकारपक्षले हत्या ग¥यो । त्यसपछि अन्य सहयोद्धा साथीहरुको पनि कार्यक्ष्ँेत्र अन्यत्र सरुवा भयो । यो अवस्थामा कार्कीको नेतृत्वमा खोटाङको जनयुद्ध दिन दुगुना रात चौगुना बढ्दै सामन्तहरुको छातीमा परेड खेल्न छाडन् भएन । २०५८ सालको सुरुवात संगै पूर्वी ब्युरो सदस्य र खोटाङ जिल्ला सेक्रेटरी भएर भूमिका निर्वाह गरिनै रहनु भयो ।
२०५८ साल मङ्सिरको पहिलो साता तत्कालीन सरकारसंग भएको वार्ता विफल र सोलुको सल्लेरी, दाङको घोराही लगायतका ठाउ“हरुमा जनमुक्ति सेनाले कब्जा गरेपछि २०५८ मङ्सिर ११ गतेबाट जनयुद्ध दबाउन संकटकाल घोषणा भयो । संकटकाल लगाएपछि कार्कीको परिवारमा राज्यले धरपकट ग¥यो । दाइ, श्रीमती, दिदी–बहिनी, भतिज, भेनाजु, भान्जा लगायतलाई पक्राउ गरी हिरासतमा राखेर तारेखमा छाडियो । श्रीमतीलाई गृहणीको काम गरिरहेको अवस्थामा घरबाटै पक्राउ गरी एक हप्ता हिरासतमा राखी विभिन्न दुःख दिइयो । धरपकड बन्द नभएपछि इन्दिरा कार्की पनि दुई छोरी र तीन वर्षीय छोरालाई हजुर आमाको साथमा छोडी भूमिगत राजनीति सुरु गर्नु भयो । पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै जानु भयो । छोटो अवधिमा अनेमसंघ क्रान्तिकारीको जिल्ला सदस्य र पार्टीको एरियो सदस्य रहेर काम गर्नु भयो । २०५९ साल असार ३१ गतेका दिन खोटाङ बजारको कार्यक्रम सकेर सिम्पानी बजारस्थित हरिबहादुर थापाको पसलमा पार्टीका अन्य दुई जना सहित चार जना बसिरहेको अवस्थामा दिलकाजी र इन्दिरा दुबै जनालाई तत्कालीन शाही सेनाले गिरफ्तार गरी निर्मम यातना दिएर टुवाखोलामा लगि जेनेभा महासन्धिको उलङ्घन गर्दै गोली हानी हत्या ग¥यो । दिलकाजीको समाज र राजनीतिक दर्शनलाई तरतम्य मिलाउन सक्ने क्षमताका अब्बल व्यक्ति भएकाले उनको कार्यकुशलतामा पनि त्यसको प्रभाव देखिन्थ्यो । मित्रशक्तिसम्म विरोधी शक्तिसम्मलाई राम्ररी उपयोग गर्न सक्ने उनको अब्बल क्षमता हो । यसले तत्कालीन जनयुद्धमा नया“ उभार दिएको थियो । उहा“को बुझाई र व्यवहारले सबैको अभिभावक हुनु भएको थियो ।
दिलकाजी कार्की र इन्दिरा कार्कीको १७ औं स्मृति दिवस गत असार ३१ गते मनाइयो । यसरी नै हजारौ योद्धाहरुको स्मृति दिवस मनाइन्छ । फोटोमा माल्यणपन गरिन्छ । एक मिनेट मौनधारण गरिन्छ । यत्तिले मात्रै उहा“हरुप्रतिको सम्मान हुन सक्दैन । शहीदको सम्मान र सपना पूरा गर्न त्यही शहीदको रगतले सिंचित गरेर प्राप्त भएको सत्ता सञ्चालक नेतृत्वहरुले शहीदका बुवा, आमा तथा परिवारको व्यवस्थापन, छोरा–छोरीलाई उचित शिक्षा र शहीदले देखेका समृद्धि र समानताका सपना पूरा गर्ने बाटोमा लाग्नु आवश्यक छ । दिलकाजी र इन्दिरा कार्कीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै उहा“हरु लगायतका हजारौ शहीदहरुको सपना पूरा गर्न निरन्तर लागिरहने प्रण गर्दछु ।
(लेखक दिलकाजी ठूलकुमार स्मृति प्रतिष्ठानका उपाध्यक्ष हुन्)
प्रकाशित मिति २०७५ साउन ४

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित