होम क्वारेन्टाइन उलङ्घन गर्ने पक्राउ

  • प्रकाशित मितिः वैशाख १५, २०७७
  • 1283 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १५–होम क्वारेन्टाइन उलङ्घन गर्ने एक जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका २० वर्षीय युवा बैशाख १५ गते पक्राउ परेका हुन् ।
उनलाई हलेसीस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ । उनलाई वडा कार्यालयले बनाएको क्वारेन्टाइनमा राखिने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । गत बैशाख १२ गते काठमाडौंबाट आएका उनलाई होम क्वारेन्टाइनमा बस्ने कबुलियतनामा गराइएको तर अटेर गरेकाले पक्राउ परेको राईले सुनाए ।
यसअघि पनि हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी दुई युवती पक्राउ परेका थिए । १९ र २१ वर्षीया उनीहरुलाई धितुङस्थित दलित जनजागृति आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बैशाख १४ गते राखिएको छ ।
काठमाडौंमा अलपत्र परेका १३ सय १८ जनालाई हलेसी तुवाचुङ नगरपालिकाले उद्धार गरेको थियो । नगरपालिका आफैंले सूचना जारी गरेर बुधबारदेखि सुक्रबारसम्म १३ सय १८ जना उद्धार गरेको नगरप्रमुख इवन राईले बताए । वडा नं १ देखि ११ सम्मका उनीहरुका लागि २५ वटा गाडी व्यवस्था गरिएको थियो ।

तस्बिर साभार : गुगलबाट

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित