पक्राउ परेकी दुई युवती क्वारेन्टाइनमा

  • प्रकाशित मितिः बैशाख १४, २०७७
  • 842 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १४–हलेसी तुवाचुङ नगरपालिकामा पक्राउ परेकी दुई युवतीलाई क्वारेन्टाइनमा राखिएको छ । उक्त नगरपालिकाको वडा नं–८ धितुङकी दुई युवती होम क्वारेन्टाइनमा नबसेपछि बैशाख १३ गते पक्राउ परेकी थिइन् ।
उनीहरु गत बैशाख १२ गते काठमाडौंबाट आएकी हुन् । १९ र २१ वर्षीया उनीहरुलाई धितुङस्थित दलित जनजागृति आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बैशाख १४ गते राखिएको नगरप्रमुख इवन राईले बताए ।
नगर प्रमुख राईका अनुसार होम क्वारेन्टाइनमा बस्ने कबुलियतनामा गरे पनि त्यसको उलङ्घन गरी डुलेकाले प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई अब १४ दिनसम्म क्वारेन्टाइनमा राखिने नगरप्रमुख राईले जनाए ।
काठमाडौंमा अलपत्र परेका १३ सय १८ जनालाई हलेसी तुवाचुङ नगरपालिकाले उद्धार गरेको थियो । नगरपालिका आफैंले सूचना जारी गरेर बैशाख १० देखि १२ गतेसम्म १३ सय १८ जना उद्धार गरेको नगरप्रमुख इवन राईले बताए । वडा नं १ देखि ११ सम्मका उनीहरुका लागि २५ वटा गाडी व्यवस्था गरिएको थियो ।

सिम्बोलिक तस्बिर साभार : गुगलबाट

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित