होम क्वारेन्टाइनमा बस्न नमान्ने दुई युवती पक्राउ

  • प्रकाशित मितिः बैशाख १३, २०७७
  • 978 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १३–होम क्वारेन्टाइनमा नबसेपछि हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी दुई युवती पक्राउ गरेका छन् । बैशाख १२ गते काठमाडौंबाट आएकी १९ र २१ वर्षीया युवती होम क्वारेन्टाइनमा नबसी डुलेपछि बैशाख १३ गते दिउसो पक्राउ परेकी हुन् ।
उनीहरुले होम क्वारेन्टाइनमा बस्ने कबुलियतनामा गरे पनि त्यसलाई उलङ्घन गर्दै डुलेकाले प्रहरीले पक्राउ गरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । उनीहरुलाई धितुङ प्रहरीमा राखिएको छ । विद्यालयमा क्वारेन्टाइन बनाएर १४ दिनसम्म राखिने नगरप्रमुख राईले सुनाए ।
काठमाडौंमा अलपत्र परेका १३ सय १८ जनालाई हलेसी तुवाचुङ नगरपालिकाले उद्धार गरेको थियो । नगरपालिका आफैंले सूचना जारी गरेर बुधबारदेखि सुक्रबारसम्म १३ सय १८ जना उद्धार गरेको नगरप्रमुख इवन राईले बताए । वडा नं १ देखि ११ सम्मका उनीहरुका लागि २५ वटा गाडी व्यवस्था गरिएको थियो ।

तस्बिर साभार : गुगलबाट

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित